www.tandavnews.com
Fact ~ In search of truth

भोली बंगादेशका राष्ट्रपति पोखरा आउने, फेवाताल हेर्ने, रुपामा नेपाली खाना खाने

पोखरा,
ताण्डव न्यूज ।

नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई पोखरामा प्रदेशका कार्यबाहक अर्थमन्त्री किरण गुरुङले स्वागत गर्ने भएका छन् ।

प्रदेश सरकारको आज (बुधबार) बसेको मन्त्री परिषदको बैठकले हदिमको पोखरा भ्रमण कसरी सफल बनाउन सकिन्छ भन्नेबारे निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

‘बंगलादेशका राष्ट्रपति ज्यू नेपाल भ्रमणमा हुनुहुन्छ । उहाँको भोली पोखरा आउने कार्यक्रम छ कुटनीतिक मर्यादा सहित प्रदेश सरकार कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ ज्यूले उहाँलाई पोखरा विमानस्थलमा स्वागत गर्नुहुनेछ,’ प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका बस्नेतले भने, ‘राष्ट्रपति ज्यूलाई पोखराको रुपा रिसोर्टमा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्यूले स्वागत र विदाई गर्नुहुनेछ ।’

पोखरा महानगर र रुपा रिसोर्टको समन्वयमा नेपाली भेषभूषा, संस्कृति झल्कने सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्नको लागि पनि प्रदेश सरकारले निर्देशन दिएको छ । राष्ट्रपतिको पोखरा भ्रमणको बेला हुने सबै खर्च प्रदेश सरकारले बेहोर्नेछ ।

राष्ट्रपति हदिम बिहीबार ११ बजे पोखरा विमानस्थलमा ओर्लेर फेवाताल पुगी रुपा रिसोर्टमा जाने कार्यक्रम तय भएको छ । उनको स्वागतमा पोखरामा स्वागतद्धार निर्माण गरिएको छ । पोखरा विमानस्थल अगाडी स्वागतद्धार निर्माण गरिएको हो । ठाउँ ठाउँमा नेपाल र बंगलादेशको झण्डा पनि राखिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.