www.tandavnews.com
Fact ~ In search of truth

हमिद र अध्यक्ष दाहालबीच दुई देशको सम्बन्ध सुदृढ सम्बन्धि छलफल

काठमाडौं ।

चार दिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आज शिष्टाचार भेट गरेका छन् ।

भेटमा दुई देशबीच आपसी सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। सो क्रममा राष्ट्रपति हमिदले बदलिँदो परिस्थितिमा कसरी सहयोग र सहकार्य गर्न सकिन्छ भन्ने विषयमा मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल र बंगलादेश विकास र राजनीतिक स्थिरताको मार्गमा अगाडि बढिरहेको प्रसगं जोड्दै राष्ट्रपति हमिदले चुनौती सामना गर्न साझारूपमा लाग्नुपर्नेमा जोड दिए ।नेपालको परिवर्तन र शान्ति प्रक्रियामा अध्यक्ष दाहालले निर्वाह गरेका भूमिकाको उनले खुलेर प्रशंसा गरे । नेपालले बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा निर्वाह गरेको भूमिकाको समेत उनले सराहना व्यक्त गरेको रिजालले सञ्चारकर्मीलाई जानकारी दिए।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको चारदिने औपचारिक सद्भावना भ्रमणका लागि उनी मंगलबार आएका हुन् । उनले मंगलबार नै भक्तपुरको दरबार स्क्वायरको स्थलगत अवलोकन भ्रमण गरेका थिए।

उनले आजै नेपाली समकक्षी राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग भेटवार्ता गर्दै छन् । बिहीबार उनले पर्यटकीय क्षेत्र पोखराको भ्रमण गर्दै छन् भने काठमाडौँ चन्द्रागिरिको समेत भ्रमण गर्ने कार्यतालिका छ । उनी भ्रमण सम्पन्न गरी कात्तिक २९ गते स्वदेश फर्कर्नेछन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.