www.tandavnews.com
Fact ~ In search of truth

बागमारामा स्कुटरसँगै नालीमा खस्दाँ एकको मृत्यु

पोखरा ।

पोखरा महानगरपालिका –३३ स्थित बागमारामा दुर्घटनामा परी एकको मृत्यु भएको छ ।

बागमारा चिसापानी स्थित डाँडागाउबाट बागमारा तर्फ आउँदै गरेको ग ७ प ५२७६ नम्बरको स्कुटर नालिमा खस्दा चालकको ज्यान गएको हो ।सडकको बायाँ किनाराको नालिमा स्कुटरसहित खसेका ३५ वर्षीय पुरुषोत्तम पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पौडेललाई स्कुटरले च्यापिएको अवस्थामा स्थानियले देखी प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मृतक पौडेललाई उपचारका लागि अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.