www.tandavnews.com
Fact ~ In search of truth

जाजरकोटको भेरी छुवाछुतमुक्त नगरपालिका घोषणा हुदैँ

जाजरकोट ।

भेरी नगरपालिकालाई जातीय छुवाछुत तथा भेद्भावमुक्त नगरपालिका घोषणा गरिने भएको छ । जिल्लाकै छुवाछुतमुक्त नगरपालिका घोषणाका लागि पहल कदमी लिने पहिलो नगरपालिका हो ।

आगामी जेठ २१ गते जातयि छुवाछुत तथा भेद्भावमुक्त नगर घोषणा गर्न भेरी नगरपालिकाले झण्डै तीन दर्जन भन्दा बढी सामाजिक अभियान्ता तयार गरी सो सम्बन्धी कामलाई अघि बढाएको छ । उक्त रणनीतिक योजनामा जातीय छुवाछुत तथा भेद्भाव सम्बन्धिका सवाल पहिचान गर्नुको साथै जातीय छुवाछुत तथा भेद्भावमुक्त नगर घोषणाका सूचक निर्माण गरिएको छ ।

सो अभियानलाई अघि बढाउन सामाजिक अभियान्ताले काम गर्नेछन् । जातीय छुवाछुत तथा भेदभा्व सम्बन्धी भएका संवैधानिक तथा कानूनी व्यवस्थाका विषयमा गाउँ–गाउँमा गएर छलफलसमेत गर्ने भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए ।

विज्ञान र प्रविधिले २१औँ शताब्दीको युगमा मान्छेले मान्छेलाई नै गरिने छुवाछुत तथा जातीय भेद्भाव गैरकानूनी भएको प्रमुख घर्तीले बताए । भेरी नगरपालिकालाई जातीय छुवाछुत तथा भेद्भावमुक्त नगर घोषणा गर्नलाई नगरपालिकाले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बताए ।

विसं २०७६ मा जाजरकोट जिल्लालाई जातीय छुवाछुत तथा भेद्भावमुक्त जिल्ला घोषणा गर्न २०७० सालमा निर्माण गरिएको रणनीतिक योजनालाई भेरी नगरपालिकाले स्रोतका रुपमा प्रयोग गर्नुपर्ने सुझाव दिइएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.