www.tandavnews.com
Fact ~ In search of truth

साग ह्याण्डबल टोली बैदेशिक प्रशिक्षणमा

पोखरा।

औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत करिब तिन महिना देखि पोखरामा प्रशिक्षणमा रहेको राष्ट्रिय ह्याण्डबल महिला तथा पुरुषको दुबै टोली वैदेशिक प्रशिक्षणका लागि प्रस्थान गरेको छ ।
बैदेशिक प्रशिक्षण अन्तरगत पुरुषको राष्ट्रिय ह्याण्डबल टोली मित्र राष्ट्र भारतको चण्डिगढ स्थित पटियालामा प्रशिक्षण गर्नेछ भने महिला टोलीले थाइल्याण्डको बैंककमा प्रशिक्षण गर्ने नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले जानकारी दिएका छन ।

दुबै टोलीलाई पोखरा रंगशाला राष्ट्रिय झण्डा सहित बिदाई गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले खेलाडीले खेलेर के पाए भन्ने दिनहरुलाई समाप्त पार्न आफ्नो पहल रहेको बताए ।
उनले समाजलाई खेल बाट नयाँ सन्देश दिनुपर्ने तर्फ ईंगित गर्दैै भने–‘समाजका हरेक तप्कालाई आफ्ना छोरा–छोरीलाई खेल तर्फ आर्कषित गर्न राज्यले खेलाडीलाई सबै सुविधा उपलव्ध गराउन आवश्यक छ ।’

राष्ट्रिय खेलकुद परिषद सदस्य गुरुङले १३ औं सागमा पदक जित्ने खेलाडीलाई कम्तिमा पनि एक तोला सुनको मेडल दिई थप हौसला बढाउन आफ्नो तर्फ बाट पहल रहने बताए ।
उनले त्यो मात्रै नभई कम्तिमा पनि खेलाडीले आफ्नो जिवन यापनसंगै बाँच्ने आधार स्थपित गर्न राज्यको ध्यान जानुपर्ने कुरा उल्लेख गर्दै भने–‘खेलाडीले खेलेर जग्गा पाइँदो रहेछ, घर पाइँदो रहेछ’ भन्ने सन्देश समाज र यूवामा पु¥याउनु पर्छ ।’ उनले ह्याण्डबलले १३ औं सागमा पदक जित्नेमा आफू विश्वस्त रहेको बताए ।

संघका अध्यक्ष एवम नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष गुरुङले बैंककमा महिला टोलीले बैंकक स्थित विश्वविद्यालय टोलीहरु संग १० देखि १२ वटा मैत्रीपूर्ण म्याच सहित अभ्यास म्याचहरु खेल्ने जानकारी दिए ।

उनले भारतमा जाने पुरुष टोलीले त्यहाँ भारतको विभिन्न स्थानिय टिमहरु संग मैत्रीपूर्ण खेलहरु खेल्ने जानकारी दिए ।दुबै टोली मंसिर १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । १३ औं साग अन्तरगत ह्याण्डबल खेल मंसिरको १७ गते बाट पोखरा रंगशाला स्थित कभर्डहलमा हुनेछ जसमा ६ राष्ट्रका महिला पुरुष टोलीको सहभागिता रहनेछ ।

विदाई कार्यक्रममा १३ औं साग स्थानिय सहजिकरण समितीका सचिब लक्ष्मण योगी, कास्की ह्याण्डबल संघका कार्यबाहक अध्यक्ष चित्र थापा, कास्की ह्याण्डबल संघका बैदेशिक विभाग प्रमुख राम गुरुङ लगाएतको उपस्थिती रहेको थियो ।

भारत जाने पुरुष खेलाडीहरुमा टिम कप्तान विशाल बस्नेत, दिनेश श्रेष्ठ, विशाल नेपाली, दिपक सिं बोहोरा, संदिप कार्की, रण सिं रावत, इन्द्र नारायण चौधरी, मदन चुनारा, श्रीबहादुर सिंजाली, यम बहादुर पुन, आषिश अधिकारी, केशव विष्ट, सरोज सिंह, सन्तोष श्रेष्ठ, हेमन्त थापा र शरण थापा रहेका छन ।

यसै गरि महिला टिम तर्फ टिम कप्तान रञ्जना राई, बविता श्रेष्ठ, अर्चना न्यौपाने, संगिता चौधरी, कविता राई, बन्दना राई, दुर्गा बोहोरा, शान्तिकला राई, झिनमाया थापा, आईतालामू शेर्पा, राम कुमारी चौधरी, शारदा विक, कल्पना वली, उमा राई, निशा राई र देव कुमारी बास्कोटा रहेका छन ।

यस संगै दुबै टोलीका टिम म्यानेजर जिवन बस्नेत र शान्ती थापा वैद्य, विदेशी प्रशिक्षक जोआ फ्लोरेन्सियो, वरिष्ठ प्रशिक्षक अरुण लाल कर्ण, कृष्ण शाक्य, टेक बहादुर परियार र विन्दा थापा रहेका छन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.