www.tandavnews.com
Fact ~ In search of truth

आफन्त अध्यक्ष बनाउन विखण्डनको बाटो रोज्दै अध्यक्ष गिरी !

पोखरा
ताण्डव न्यूज ।

नेपाल दशनामी समाजका अध्यक्ष रुद्र गिरीले आफ्नो स्वार्थको लागि समाजलाई विखण्डन तर्फ लगेको आरोप लागेको छ । अध्यक्ष रुद्रले आफ्नो नातामा ‘साला’ पर्ने र केन्द्रीय उपाध्यक्ष मणिराज गिरीको नातामा ‘भान्जा’ पर्ने उदव वनलाई अध्यक्ष बनाउन नपाएको झोकमा युवा समितिनै भंग गर्न खोजेकोे आरोप लागेको छ ।

पोखरामा भदौ २८ गते भएको नेपाल दशनामी युवा समितिको प्रथम राष्ट्रिय भेला तथा अधिवेशनबाट सर्वसम्मत चयन भएको समितिलाई भंग गर्दै गलत निर्णय गरेको भनि देशभर विरोध सुरु भएको छ ।

Batas

रुद्रकै अध्यक्षतामा कार्तिक २५ गते सम्पन्न बैठकले जिम्मेवारी हेरफेर सम्बन्धमा हाल रहेका युवा संयोजक अशोक गिरीलाई हटाएर ५१ वर्षीय हरिशरण गिरीलाई जिम्मा दिई दशनामी युवा केन्द्रीय कार्यसमिति र दशनामी युथ(कम्पनीमा दर्ता भएको संस्था) लाई मिलाएर तदर्थ समिति पूर्नगठन गर्नुपर्ने निणर्य गरेको हो । तर अशोक गिरीलाई यस विषयमा कुनै जानकारी दिइएको छैन् । अशोक अहिले दशनामी समाजका केन्द्रीय सचिव समेत हुन् । उनै सचिव अशोक गिरी, केन्द्रीय उपाध्यक्षहरु, पदाधिकारी र धेरै सदस्यलाई जानकारी नगराई कोरम नपुराई एकलौटी निर्णय गरिएको हो ।

अविभावक संस्थाले यस्तो गलत निर्णय लिएको नेपाल दशनामी युवा समितिका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले बताए । ‘अविभावक संस्था नेपाल दशनामी समाज अन्र्तगतनै हामी युवा समिति रहन्छौ,’ उनले भने, ‘यस्तो निर्णय गर्नु भन्दा पहिला एक पटक हामीलाई बैठक बोलाउनु पर्ने हो । एक्कासी यस्तो निर्णय गर्दा सम्पूर्ण दशनामी युवाहरुले विरोध गरेका छन् । युवा मात्र नभएर दशनामी समाज प्रदेश र जिल्लामा पनि विरोधका आवाजहरु उठेका छन् ।’

पोखरामा भएको राष्ट्रिय अधिवेशनमा केन्द्रीय अध्यक्ष रुद्र गिरीलाई समेत बोलाएको बरिष्ठ उपाध्यक्ष गिरीले बताए । ‘कार्यक्रममा नआउने अनि काम गर्ने वातावरण पनि नदिने,’ उनले भने, ‘मैले सुनेको छु केन्द्रीय पदाधिकारीहरुको नातेदारलाई अध्यक्ष बनाउन नपाएको हुनाले यस्तो गलत निर्णय गरेका हुन् । आफ्नो मान्छेलाई अध्यक्ष बनाउने हो भने सोही अनुसार दशनामी युवा समितिमा बसी योगदान दिएको, प्रदेश वा जिल्लामा काम गरेको क्षमतावान हुन प¥यो नी । नत्र नाताको आधारमा पद दिन मिल्दैन, दशैमा टिका लगाएर दक्षिणा दिए जस्तो पद दिन मिल्दैन् ।’

केन्द्रीय समितिले विखण्डनको बाटो रोजेको गिरीले सुनाए । ‘पोखरामा युवा भेला बोलाईयो, विभिन्न प्रदेश र जिल्लाबाट २ सय भन्दा बढि युवाहरुको सहभागिता रह्यो, अनि तिनै अविभावक संस्थाबाट संरक्षक, केन्द्रीय उपाध्यक्षहरु र केन्द्रीय सदस्यहरु समेत आएर स्वीकार गरेको युवा समितिलाई अध्यक्ष ज्युले मात्र इन्कार गर्न मिल्छ ? संस्था अध्यक्षको मात्र हो र ? युवाको राष्ट्रिय भेलालाई युवाहरुले नै अधिवेशनमा परिणत गर्न नपाउने भन्ने हुन्छ ?’

समाजले गरेको गलत निर्णय तुरुन्तै फिर्ता गर्र्न बरिष्ठ उपाध्यक्ष गिरीले अनुरोध गरे । ‘निर्णय फिर्ता लिनु पर्छ, नत्र यसको परिणाम जे पनि हुन सक्छ, जसको जिम्मा अध्यक्ष रुद्र जीले लिनु पर्छ । युवा समाज मात्र होइन प्रदेश नम्बर १, २ र गण्डकी प्रदेशको अविभावक संस्था दशनामी समाज र कास्कीले पनि यो निर्णय गलत भएको अभिव्यक्ति दिएका छन् ।’

युथमा रहेका दशनामी युवाहरुलाईपनि सँगै लिएर हिड्नु पर्ने बरिष्ठ उपाध्यक्ष गिरीको धारणा रहेको छ । हुन पनि गत वर्ष पहिलो पटक नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशका अध्यक्ष रहदा अर्जुन गिरीले युथलाईसँगै लैजानु पर्छ भन्दा दशनामी समाजल नै कारवाहीको धम्की थिएको थियो । तर पनि अध्यक्ष गिरीले युथ पनि दशनामीकै सन्तान हुन् भन्दै एकताको लागि युथका केन्द्रीय उपाध्यक्ष लिला गिरी, युथका प्रदेश अध्यक्ष रुद्र गिरीसहितका सदस्यहरुलाई बैठक वोलाए । त्यसैको परिणाम स्वरुप गण्डकी प्रदेशमा मात्र नभएर देशभरी एकताको सकारात्मक सन्देश गयो ।

सोही क्रममा युथले सोचे जस्तो काम गर्न नसकेको भन्दै यु्थका गण्डकी प्रदेश अध्यक्ष रुद्र गिरीले राजिनामा दिए । पोखरामा सम्पन्न अधिवेशनमा अर्जुन गिरीकै पहलमा रुद्रलाई केन्द्रीय सदस्य पदमा ल्याएर युवा समितिले एकताको सन्देश दियो । पोखरामा सम्पन्न प्रथम राष्ट्रिय भेला तथा अधिवेशनले सुरेश गिरीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । अध्यक्ष सुरेशले देशको सम्पूर्ण प्रदेश र अधिकांश जिल्लामा आफै खर्च हाली युवा समिति बनाउने काम गरे । सोही योगदानकै आधारमा उनलाई सर्वसम्मत अध्यक्ष बनाइयो । तर अहिले उनै सुरेशलाई हटाउने खेल भएको स्रोतले बतायो ।

यस विषयमा दशनामी समाज केन्द्रका अध्यक्ष रुद्र गिरीले निर्णयले राम्रो परिणाम ल्याउने बताए । ‘मैले युवा समाज राम्रै होस् भन्ने धारणाले निर्णय गरेको हो,’ उनले भने, ‘मेरो आफन्तलाई पद दिनलाई होइन ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.