www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा मार्वल घोट्ने क्रममा करेन्ट लागि दुईको मृत्यु

तनहुँ ।

तनहुँमा करेन्ट लाग्दा २ जनाको मृत्यु भएको छ ।

तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका –२ जामुनेमा बन्दै गरेको स्वास्थ्य चौकिको भवनमा मार्वल घोट्ने क्रममा अचानक करेन्ट लागि दुई जनाको ज्यान गएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

प्रहरीको अनुसार करेन्ट लागि ज्यान गुमाउनेमा भारत बेतिहारी जिल्ला भेडेघारी –४ घर भई हाल तनहुँको दमौलिमा बस्ने २५ वर्षीय साजत आलम र सोही ठाउँका २२ वर्षीय आजात आलम रहेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.