www.tandavnews.com
Fact ~ In search of truth

हुगु र सिक्लेस जोडने यदी खोलामा झोलुङ्गे पुल

पोखरा।

Lama collectio News Middle

कास्कीको पर्यटकीय स्थल सिक्लेस र हुगुलाई जोड्ने यदी खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । मादी गाउँपालिकाको विकास योजना र आर्थिक लगानीमा सो पुलको निर्माण भएको हो ।
नवर्निमत पुलको एक कार्यक्रमकाबीच प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले उद्घाटन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले सिक्लेसी जनता, पर्यटक र खास गरि त्यस क्षेत्रमा गोठ गरेर बस्नेहरुलाई वर्षातको समयमा आवत जावतमा अत्यन्तै कठिनाई भईरहेको यदिखोलामा अब पुल निर्माण भएपछि सबैले हिउँद बर्खा ढुक्कसँग हिड्न सक्ने बताए ।

पर्यटकीय दृष्टिकोणले असाध्यै संभावना बोकेको यदीमा व्यवस्थित रुपमा पर्यटन व्यवसाय सञ्चालनका निम्ति स्थानिय जनता उत्साहित र अग्रसर भएर लाग्नुपर्ने उनको भनाई थियो ।

यस्तै गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले जनताको आवश्यकता र जनतालाई लाभहुने खालका विकास निर्माणमा गाउँपालिका लागि रहेको भन्दै गाउँपालिकाभित्र थुप्रै सामाजिक हित हुने विकासका कामहरु भईरहेको बताए ।

यदी खोला झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष इन्द्रजीत गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मादी १ का वडा सचिव सुर्य पोख्रेलले गरेका थिए भने वडा अध्यक्ष सुरजकुमार गुरुङले स्वागत मन्तव्य राखेका थिए ।

१ सय २० मिटर लम्बाई रहेको सो पुलको चौडाई १ सय ६ सेन्टिमिटर रहेको छ । करिब ५७ लाख २७ हजार ६६ रुपैंया १२ पैसाको लागतमा सो पुलको निर्माण कार्य सम्पन्न भएको समितिका अध्यक्ष इन्द्रजीत गुरुङले जानकारी दिए ।

पुलबाट ४ सय २५ घरधुरीका २ हजार ५ सय ५० जना स्थानीय लाभान्वित भएका छन । पुल निर्माणका क्रममा स्थानिय ३ हजार ४ सय ५ जनाले रोजगारी पाएका थिए भने पुलमा हाल दैनिक रुपमा ५० जना भन्दा बढी अन्तरिक र बाह्य पर्यटकहरु आवत जावत गर्ने निर्माण समितिले जानकारी दिएको छ ।

कार्यक्रममा उपस्थित अतिथि र सहभागिहरुलाई सिक्लेस होमस्टेका आमा दिदीबहिनीहरुले खाजा खुवाउनुका साथै फूलमालाले स्वागत गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery