www.tandavnews.com
Fact ~ In search of truth

अन्तर्राष्ट्रिय फेसन वीकमा नेपाली मोडल

काठमाडौं ।

अन्तर्राष्ट्रिय इपो फेसन वीकमा नेपाली मोडलहरुले सहभागीता जनाएका छन् ।

मलेसियाको इपो सहरमा भएको फेसन वीकमा नेपालको तर्फबाट ७ मोडलले सहभागीता जनाएका हुन् । नेपालबाट ५ पुरुष र २ महिला मोडल सहभागी भएका थिए । जसमा अनिल अधिकारी, बाबु सागर गिरी, प्रकाश अधिकारि, पोसन शर्मा, सेरब शेर्पा, हेमा हमाल र ज्योती थापा रहेका थिए ।

Batas

तीन दिन चलेको फेसन वीकमा नेपाल सहित चिन, भारत, मलेसिया, इन्डोनेसिया, जापान, तथा सिंगापुरका ४६ जना मोडल र्याम्पमा उत्रिएका थिए । फेसन वीकको कोरियोग्राफी खालीक मुस्ताफाले गरेका थिए । नेपालका डिजाइनर ज्वाला पोख्रेल र जय थापाले पनि उक्त फेसन वीकमा सहभागिता जनाएका थिए ।

फेसन वीकमा हरेक दिन १२ वटा सीक्वेन्स् प्रस्तुत भएको सहभागी मोडल अनिल अधिकारीले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.