www.tandavnews.com
Fact ~ In search of truth

अमितको आवाजमा राष्ट्रवादी गीत ‘आयो गोर्खाली’ सार्वजनिक

पोखरा,
ताण्डव न्यूज ।

पोखरा र लिपुलेक, कालापानी ,लिम्पियाधुरा लगायत क्षेत्रको नेपाली भूमि भारतले अतिक्रमण गरेको विरोधमा आम नेपाली लागि परेका छन् । ‘गो ब्याक इन्डिया’ का नाराहरु घन्काईएसँगै साँगितिक बिरोध र गीतहरु समेत सार्वजनिक भैरहेका छन ।

भारतद्वारा मिचिएको लिपुलेकलाई फिर्ता गराउन राजनीतिक एवं सामाजिक तवरबाट आफ्ना प्रयास भईरहेका बेला कलाकारले पनि गीत संगीत मार्फत बिरोध जनाईरहेका छन् ।यसै बिच सोमबार एक देशभक्ती गीतको सार्वजनिक गरिएको छ ।

पोखराको ‘डयामेज गिलिट्रस ब्याण्ड’ ले आयो गोर्खाली सार्वजनिक गरेको हो । परिआएको खण्डमा आफ्नो भूमिको रक्षा गर्न गोर्खालीहरु पछि नपर्ने सन्देशमूलक गीतमा विरका इतिहासका गाथाहरुलाई समेटिएको छ । हिजो आफ्नो भूमिको रक्षा गर्न तत्पर रहेको नेपाली खुकुरीको धार आज पनि उस्तै छ । गोर्खालीले बिर्सेको छैन खुकुरी नचाउन । आइ पर्दा जाइ लाग्न नेपालीलाई राम्रो संग आउछ लगायतका शब्दहरु समेटिएको छ उक्त गीतमा ।

संसार जित्ने र हरेक समस्यासँंग जुझी रहन सक्ने गोर्खाली आएको छ । हिजो पनि थियो र आज पनि रहिरहनेछ । पुर्खाले आर्जेका मेचीमहाकाली सबै गोर्खाली । गीतलाई गायक अमित गुरुङले आवाज दिएका छन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.