www.tandavnews.com
Fact ~ In search of truth

साग लक्षित पूर्वाधारको निर्माण कार्य अन्तिम चरणमा : मन्त्री विश्वकर्मा

सुशान्त गाहा मगर
पोखरा ,ताण्डव न्यूज।

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सागको तयारीसँगै पुर्वाधार निर्माणको कार्य अन्तिम चरणमा पुगेको बताएका छन । प्रचारप्रसार तथा प्रकाशन समितिले पोखरामा आज (शनिबार) आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री विश्वकर्माले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनले चुनौतिको रुपमा रहेको दशरथ रङ्शाला, हट स्वीमिङ पुल, तथा पोखरा रङ्गशालाको काम अन्तिम चरणमा पुगेको बताए । मन्त्री विश्वकर्माले पुर्वाधार बाहेक अन्य व्यवस्थापकिय पक्षहरु पुरा भैसकेको दाबी गरे ।

Batas

१३ औं दक्षिण एशियाली खेलकुद (साग) नजिकिएसँगै पूर्वाधार निर्माणको काम तीब्र पारिएको बताउदै उनले भने, ‘दशरथ रङ्गशालाको भिआईपिको छाना राख्ने काम अबको पाँच सात दिन भित्र सम्पन्न हुन्छ । त्यस्तै सातदोबाटोमा हिटिङ स्वीमिङ पुलको पनि एक दुई दिनमै सम्पन्न हुन्छ ।’

उनले पोखरा रङ्गशालाको विषयमा बोल्दै निर्माणाधिन कम्पनीले साग अगावै ग्राण्ड स्ट्याण्डको काम सक्ने उद्देश्य सहित केही दिनमा सामान पोखरा भित्राउने जानकारी पाएको उल्लेख गरे । उनले पोखरामा हुने ९ वटा खेलहरु पूर्वाधारका कमीका कारण नरोकिने दाबी गरे । ‘अलि चुनौती भनेको पोखरा रङ्गशालाको थियो, उनले भने, ‘यसको पनि निर्माण कार्य तीब्र भएको पाएको छु ।’

उनले नेपालको ईतिहासमा तेस्रो पटक आयोजना हुन लागेको १३ औं दक्षिण एशियाली खेलकुद (साग) ऐतिहासिक बनाउनका लागि सम्पूर्णलाई सोही अनुरुप लाग्न समेत आग्रह गरे । १३ औं दक्षिण एशियाली खेलकुद (साग) आगामी मंसिर १५ देखी २४ गते सम्म नेपालको काठमाण्डौं, पोखरा लगायतका स्थानमा हुदैछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.