www.tandavnews.com
Fact ~ In search of truth

दशनामी समाजको अध्यक्ष र महासचिवलाई युवाहरुको ७ प्रश्न

पोखरा
ताण्डव न्यूज ।

पछिल्लो समय गलत निर्णय गरेर विवादमा परेको नेपाल दशनामी समाजलाई दशनामी युवाहरुले केही प्रश्नको जवाफ मागेका छन् । नेपाल दशनामीका केही केन्द्रीय पदाधिकारीहरु आफनो नातेदारलाई अध्यक्ष बनाउनको लागि गलत चलखेल गरेपछि युवाहरुले प्रश्न सोधेका हुन् ।

भदौ २८ गते पोखरामा सम्पन्न भएको प्रथम राष्ट्रिय भेला तथा अधिवेशनबाट सर्वसम्मत चयन भएको युवा समिति विरुद्ध निर्णय गरेर दशनामी समाजले विखण्डनको बाटो रोजेको हो । आफन्त भर्ती केन्द्र बनाउन गलत निर्णय लिन सक्ने दशनामीले आफ्नो सदस्य र समाजको लागि किन राम्रो निर्णय लिन सकेन भनेर युवाहरुले प्रश्न उठाएका छन् ।

Batas

प्रश्न १ : युवा समिति भंग भए दशनामी समाज किन भंग नहुने ?

प्रथम राष्ट्रिय युवा भेला तथा अधिवेशन पोखरामा गर्ने भनेर अधिवेशन हुन भन्दा ६ महिना अघि गरेको निर्णयलाई पालना गर्दे भब्य सम्पन्न भयो । दुई महिना पछि आएर केन्द्रका केही पदाधिकारीहरुले आफ्नो नातेदारलाई अध्यक्ष पद दिन समिति भंग गर्ने गलत निर्णय लियो ।

जब कि युवाको अधिवेशनमा नेपाल दशनामीका प्रमुख संरक्षक जयराम पुरी, केन्द्रीय उपाध्यक्ष तारा गिरी, केन्द्रीय महिला उपाध्यक्ष सरस्वती गिरी, केन्द्रीय सदस्य गोपाल गिरी, सदस्य रितु गिरी, सदस्य डम्बर गिरी लगायतकै उपस्थीति रहेको थियो । अहिले आएर केन्द्रीय अध्यक्ष रुद्र गिरी र महासचिव तुलसीराज गिरीले कोरम नपुराई युवा समिति भंग गरेका हुन् । त्यही कार्यक्रममा केन्द्रीय कमिटिका पुगेर स्वीकार गर्ने अनि महासचिव र अध्यक्ष आफ्नो नातेदारलाई अध्यक्षमा ल्याउन चलखेल गर्ने ? अध्यक्ष र महासचिव बाहेक अन्य पदाधिकारी र देशै भरका दशनामीले मान्यता दिएको युवा समिति भंग भयो भन्न मिल्छ भने केन्द्रीय समिति पनि भंग भयो भन्न मिल्ने कि नमिल्ने ?

प्रश्न २ :  आजिवन सदस्यबाट उठाएको रकम खै ?

नेपाल दशनामीले आजिवन सदस्यहरुबाट उठाएको रकमको अझैसम्म हिसावकिताव सार्वजनिक गरिएकोे छैन् । त्यस सम्बन्धमा वैठकमा कुरा उठ्दा पनि अध्यक्ष, महासचिव र कोषाध्यक्ष मैन छन् । त्यो उठाएको रकम कहाँ गयो ?

प्रश्न ३ : आजिवन सदस्यको पक्षमा किन बोलेन समाज ?

कुनै पनि संघ संस्था, संगठन वा समाजले गलतनै गरेपनि आफ्नो सदस्यलाई जोगाउने काम गर्छ । तर नेपाल दशनामी समाजले समाजको निम्ती पत्रकारितामा योगदान दिएका आफ्नो आजिवन सदस्यको पक्षमा आवाज उठाउन पनि सकेन् ।

नेपाल दशनामी समाजका आजिवन सदस्य तथा तत्कालिन समयमा नेपाल दशनामी युवा समिति गण्डकीका अध्यक्ष अर्जुन गिरी (हाल युवा समितिका केन्द्रीय बरिष्ठ उपाध्यक्ष) लाई समाचार लेखेकै कारण साईवर क्राईममा प्रहरीले पक्राउ ग¥यो । ‘ठगि’को विरुद्ध समाचार लेखेका पत्रकार गिरीलाई झुटो मुद्दामा फसाईएपछि देश भरिका पत्रकार संघ र अन्य संघसंस्थाहरुले अन्दोलन समेत गरे ।

त्यति मात्र होइन घटनाले अन्तराष्ट्रिय रुपमै सबैको ध्यान तान्यो । तर नेपाल दशनामी समाजलाई पदाधिकारीले भन्दा समेत एउटा विज्ञप्ती जारी गर्न अध्यक्ष रुद्र गिरी र महासचिव तुलसीराज गिरीले हात कमाए । जब की गिरीले त्यो मुद्दा समेत जिते ।

प्रश्न ४ : संस्था विरुद्ध बोल्नेलाई कारवाहीको दायरामा किन नल्याएको ?

केही युवट्युव च्यानलले भाइरल बनाएका एक अघोरी बावा मानिने व्यक्तिले दशनामी समाज विरुद्ध बोल्दा समेत दशनामी समाज मौन रह्यो । यसरी सर्वाजनिक रुपमै दशनामी समाज विरुद्ध बोल्दा पनि समाजले केही गर्न नसकेको भनेर युवाहरुले आवाज उठाए । तर महासचिव र अध्यक्षले ति व्यक्तिलाई कारवाहीको दायरा ल्याउन त परै जाओस् एउटा विज्ञप्ती समेत निकाल्न सकेनन् ।

प्रश्न ५ :  गुठी विधेयक बारे मौन बसे किन ?

देशमा गुठी विधेयकको बारेमा ठूलो विवाद आयो । राज्यले गुठीलाई आफ्नो स्वामित्वमा ल्याउने भन्दा चर्को विवाद सिर्जना भयो । त्यस वेला आन्दोलन समेत भयो । तर नेपाल दशनामी समाजले त्यस विषयमा कुनै आधिकारीक धारणा सार्वजनिक गरेन किन ? त्यो वेला अन्य संस्थाको अन्दोलन पछि गुठी विधेयक फिर्ता लियो ।

प्रश्न ६ : गौ हत्याको विषय किन उठाइएन ?

नेपालगञ्जमा गौ हत्या भयो । त्यसको विरोधमा आवाज उठे । अन्य संस्थाले विज्ञप्ती निकाल्दै गौ हत्या गर्ने विरुद्ध कडा कारवाहीको माग राखे । सोही अनुसार नेपाल दशनामी समाजका सदस्यहरुले पनि संस्थाले यस विषयमा विज्ञप्ती निकाल्नु पर्ने भनेर समाजिक संजालमा आवाज उठाए र केही केन्द्रीय पदाधिकारीले समेत अध्यक्ष र महासचिवलाई जानकारी गराए, तर कुनै सुनवाई भएन् ।

प्रश्न ७ : राम्रो कार्यक्रम किन गर्न सक्दैन ?

गलत निर्णय लिन सक्ने नेपाल दशनामी समाजले करिब १ वर्ष पुग्न लाग्दापनि अझैसम्म कुनै गतिलो कार्यक्रम गरेको छैन । समितिले बैठक बस्ने बाहेक सदस्यहरुको हितको निम्ति कुनै कार्यक्रम गर्न नसक्नु असक्षमताको पुष्टि हो । प्रदेश नं १मा सम्पन्न भएको अधिवेशनमा पदका निम्ति रस्साकस्सी गरेको समितिका केही पदाधीकारीले एकलौटी निर्णय गर्ने गरेको आरोप लागेको छ । बरु, दशनामी युवा समितिले विभिन्न रचनात्मक काम गर्दै आएको छ ।

याे पनि पढ्नुहाेस्

आफन्त अध्यक्ष बनाउन विखण्डनको बाटो रोज्दै अध्यक्ष गिरी !

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.