www.tandavnews.com
Fact ~ In search of truth

रोल्पाका स्वतन्त्र उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

रोल्पा ।

रोल्पा थवाङ गाउँपालिका–१ को रिक्त वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका भद्रकुमार झाँक्रीले उम्मेदवारी फिर्ता लिएका छन् । झाँक्रीले शनिबार उक्त पदमा दिएको उम्मेदवारी फिर्ता लिएका हुन्।

झाँक्रीको उम्मेदवारी फिर्तासँगै अब सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । उक्त पदमा नेकपाको तर्फबाट जनक बुढामगर र काङ्ग्रेसको तर्फबाट कलम रोकाले उम्मेदवारी दिएका छन्।

गएको स्थानीय तह निर्वाचनमा झाँक्रीले सोही वडाबाट स्वतन्त्र उम्मेदवार बनी सदस्य पदमा निर्वाचित भएका थिए । झाँक्रीले सोमबार सो पदबाट राजीनामा दिइ अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।

गाउँपालिका अध्यक्षलाई दिएको राजीनामा स्वीकृत गराई अध्यक्ष पदमा उम्मेदवार बनेका झाँक्रीले शनिबार एकाएक उम्मेदवारी फिर्ता लिएपछि विभिन्न कोणबाट चर्चा–परिचर्चा सुनिन थालेको छ ।

सहमतिको अन्तिम प्रयास असफल भएपछि उम्मेदवारी फिर्ता लिएको हुँ झाँक्रीले भने। एकता थवाङको पहिचान भएकाले सोही पहिचान कायम गर्न सहमतिको प्रयास गरियो तर सफल नभएपछि चुनाव नलड्ने निर्णयमा पुगेँ झाँक्रीले भने। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.