www.tandavnews.com
Fact ~ In search of truth

सिर्जनशिल युवा क्लबको ५ औँ अधिवेशन सम्पन्न

पोखरा ।

सिर्जनशिल युवा क्लबको ५ औँ अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ । जसमा अध्यक्ष मा निरोज लामीछाने, उपाध्यक्षमा रोशन लामिछाने, सचीवमा यम बहादुर क्षेत्री, सह –सचीवमा विभु आचार्य कोषाध्यक्षमा दिपा क्षेत्री चयन भएका छन् ।सदस्यमा बिजय अधिकारी ,पुजन राइभाट , समीर पौडेल , अनिता लामा, शिव छेत्री ,अनिता गौतम ,सागर सापकोटा रहेका छन ।

हिजो(शनिबार) सम्पन्न अधिवेशनमा पोखरा महानगरपालिका वडा नं २७ का अध्यक्ष पुर्ण कुमार गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । भने क्लबका पूर्व अध्यक्षहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि गुरुङले आज सम्म विभिन्न सामाजिक कार्यमा उल्लेखनीय भुमिका खेलेको क्लबले अब झन शसक्त ढंगमा अगाडि बढनु पर्ने जसका लागि वडाबाट आफुले जस्तो सुकै सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा गोविन्द वाग्ले , सुर्यमणि लामिछाने, विश्वराज आचार्य लगायतले शुभकामना मन्तव्य तथा संकल्प सापकोटाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सभापति महेश अधिकारी रहेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.