www.tandavnews.com
Fact ~ In search of truth

चिलीमा प्रर्दशनःचर्चित गायिका लाफर्ते गरिन् टपलेस भई सरकारको विरोध

एजेन्सी ।

चिलीमा गत अक्टोबर १४ देखि सरकार विरोधी प्रदर्शन भइरहेको छ । रेलको भाडा बढाएको भन्दै प्रदर्शनकारीले सरकार विरुद्ध प्रदर्शन गरेका हुन् ।

सरकारको आलोचना बढ्दै जाँदा विरोध प्रदर्शन विशाल बन्दै गइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच चिलीकी चर्चित गायिका मोन लाफर्तेले प्रतिष्ठित अवार्ड कार्यक्रम ल्याटिन ग्रयामी अवार्डमा अर्धनग्न प्रस्तुत भई सरकारको विरोध गरेको जनाइएको छ ।

Batas

बीबीसीका अनुसार अर्वाड कार्यक्रममा उनी टपलेस हुँदै सरकारको विरोध गरेकी हुन्। अमेरिकी शहर लास भेगसमा आयोजित कार्यक्रममा उनले आफ्नो छातीमा सरकारविरुद्ध विरोध र असहमतिको शब्द लेखेकी थिइन्।

३६ वर्षकी गायिका लाफोर्तेले चिलीमा प्रहरीको दमन र सरकारको विरोधमा मौन प्रदर्शन गरेको जनाइएको छ।हाल चिलीमा जारी प्रदर्शनमा २० भन्दा बढी मानिसको मृत्यु भएको छ। प्रहरीले प्रहार गरेको पेलेट गनबाट चिलीका सयभन्दा बढी प्रदर्शनकारीले आँखा गुमाएका छन्।

हालसम्म १० हजार प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यहाँ अघोषित आपत्कालिन अवस्था निम्तिएको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.