www.tandavnews.com
Fact ~ In search of truth

ओलीको ठोकुवाःनक्सा सच्याउने मात्रै हैन, नेपाली भूमि फिर्ता ल्याउछौँ

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याएरै छाड्ने दाबी गरेका छन् ।

नेपाली भूभाग कालापानीबाट भारतीइ सेना हटाएरै छाड्ने चेतावनी दिदैँ ओलीले यस्तो दाबी गरेका हुन् ।भारतले गत कात्तिक १६ गते भारतले जारी गरेको राजनीतिक नक्सामा नेपालका भू–भाग समावेश गरेको भन्दै यतिबेला देशमा विरोध भईरहेको छ ।

Batas

भारतले आफ्नो नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समावेश गरेको छ । प्रधानमन्त्री ओलीले नेपालको नक्सा सच्याउने मात्रै नभई अतिक्रमित भूमि फिर्ता ल्याउने ठोकुवा गरेका हुन्।आज(आइतबार) नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राष्ट्रिय युवा संघको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले कालापानी, लिपुलेक, लिम्पियाधुराबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले भारतसँग कुनै पनि हालतमा झगडा गर्ने पक्षमा सरकार नरहेको बताउँदै संवादबाटै सीमा विवाद समाधान गर्ने प्रक्रिया अघि बढेको जानकारी दिएका छन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.