www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी विकास बैंकको एकै दिन चार शाखा विस्तार

Muglan REstaurent & bar

पोखरा ।

Mahanagar add

गण्डकी विकास बैंक लिमिटेडले एकै दिन चार वटा शाखा कार्यालयहरु विस्तार गरेको छ ।

पोखरामा केन्द्रीय कार्यालय रहेको बैंकले धादिङको धादिङबेसी, लमजुङ्गको भोटेओडार, तनहुँको जामुने र चितवनको मेघौलीमा एकै साथ शाखा कार्यालय विस्तार गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुुर थापाले जानकारी दिए ।

हाल बैंकको मुलुक भरी शाखा सञ्जाल ८१ रहेकोमा यो समेत ८५ स्थानमा शाखा सञ्जाल विस्तार भएको छ । बैंकको थप विभिन्न ११ स्थानमा शाखा कार्यालयहरुको निर्माण कार्य भै राखेको र उक्त शाखा कार्यालयहरु समेत सञ्चालनमा आय पश्चात बैंकको कुल शाखा संख्या ९६ पुग्नेछ ।

न्यू विजनेश एजद्वारा आयोजित सन् २०१९ को वेस्ट म्यानेज्ड डेभलप्मेन्ट बैंकको अवार्डबाट पुरस्कृत यस विकास बैंकको कुल चुक्ता पूँजी २ अर्व ७५ करोड रहेको छ । भने गत आश्विन मसान्त सम्म बैंकले १२ करोड ४२ लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको छ ।

उक्त अवधिमा बैंकले कुल निक्षेप ३० अर्व ९ करोड संकलन गर्न र कुल कर्जा २६ अर्व ३० करोड प्रवाह गर्न सफल भएको छ । समिक्षा अवधिमा बैंकको निश्क्रिय कर्जाको अनुपात पनि न्यून रहेको छ ।

पूर्व ताप्लेजुङ्गको फुङ्ग्लिङ्ग देखि पश्चिमको महेन्द्रनगरसम्म तथा तराई एवं हिमालपारीका जिल्लाहरु मुस्ताङ्ग र मनाङ्गमा समेत बैंकका शाखा सञ्जाल फैलिएको यस बैंकले निकट भविष्यमा ११ वटा शाखा कार्यालयहरु विस्तार गर्ने बैंकले जनाएको छ ।

बैंकले निक्षेपमा आकर्षक व्याजदर प्रदान गर्दै विभिन्न प्रकारका बचत एवं मुद्दती खाताहरु सञ्चालनमा ल्याएको छ भने कर्जा तर्फ पनि विभिन्न बर्गहरुलाई लक्षित गर्दै आवास कर्जा , अटो लोन, ओभरड्राफ्ट कर्जा , आवधिक कर्जा , विपन्न बर्ग कर्जा , सुन कर्जा प्रवाह गर्दै आउनुका साथै बैंकले ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवा समेत प्रदान गरेको छ ।

एटिएम सेवा , मोवाइल बैंकिङ्ग सेवा ,एसएमएस बैंकिङ्ग सेवा, चेक क्लियरिङ्ग सेवा,एबीबीएस बैकिङ्ग सेवा, लकर सेवा समेत प्रदान गर्दै आएको छ । मेगा बैंक नेपाल लिमिटेडसंग गत आश्विनमा मर्जर-प्राप्ति सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरी बैंकलाई अझ सवल, सक्षम बनाउने र यसका लगानीकर्ताहरुको लगानीको सम्वर्धन गर्ने र सवै सरोकारवालाहरुको हित संरक्षण गर्ने नीति बैंकको रहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...