www.tandavnews.com
Fact ~ In search of truth

कुश्मा रिभरसाइड : यसरी तयार हुँदैछ विश्वकै दोस्रो अग्लो बञ्जी (१३ फोटो)

पर्वत
ताण्डव न्यूज ।

पर्वत मुकाम कुश्माले आफ्नो परिचय विस्तार गर्दैछ । नेपालकै अग्ला लामा झोलुङ्गे पुलसँग जोडिएको यहाँको चिनारी अब साहासीक खेलमा पनि जोडीदैछ ।

र्याफ्टीङ, प्याराग्लाडीङ लगायतका साहासीक गतिविधि पहिलेदेखि नै नभएका भने होइनन् । तर, निर्माणकर्ताले दाबी गरेअनुसार विश्वकै दास्रो अग्लो बञ्जीले साहासीक गतिविधीमा चाख राख्नेहरुलाई थप कौतुहल बनाएको छ ।

wardno4

झोलुङ्गे पुल, गुप्तेश्वर गुफा लगायतका रमणिय साइटहरु दृश्यपान गर्न भित्रिने पर्यटकहरु बन्दै गरेको बञ्जी साइट पनि पुग्ने गरेका छन् । केही महिनामा पुर्ण सञ्चालनमा आउने भएपनि कसरी, कस्तो बनाइदै रहेछ भनेर हेर्न मात्रै पुग्छन् । त्यस स्थानको नाम पनि फेरीएको छ । चिया पसल देखि अन्य साइनबोर्डहरुमा समेत बञ्जी साइड लेख्न थालिएको छ ।

लेकसिटि पोखराबाट करिब ६० किलोमिटरको दुरीमा अवस्थित यस बञ्जीसँगै रिसोर्ट सञ्चालनको पनि तयारी गरिदैछ । बञ्जीकै लागी पुग्ने पर्यटकहरु कम्तिमा पनि एक दिन कालिगण्डकीको सुस्केरासँगै सुसाउने वातावरण निर्माण पक्षले तयार गर्दैछ ।

Mahanagar add

बञ्जी र रिसोर्टमा आउने पाहुनाकालागि मुल्य तोकिसकिएको भने छैन । यद्यपी सञ्चालनमा आउनु अगावै मुल्य तय गरिने बञ्जी निर्माण कम्पनी द क्लिफका निर्देशक मध्येका एक राजु कार्की बताउँछन् । ‘मुल्य यति नै भनेर तय गरिसकेका छैनौँ । सञ्चालन पुर्व हामी मुल्य सार्वजनिक गर्ने छौँ’,उनले भने ‘यहाँ आउने पर्यटक बञ्जी गरेर फर्कने भन्दा पनि कम्तिमा एक दिन यहि बिताउने माहौल हामीले सिर्जना गर्दैछौ । यसका लागि रिसोर्ट पनि तयार हुँदैछ ।’

हेरौँ,कालिगण्डकी गल्छीमाथी बनेको ५२० मिटर लामो सस्पेन्सन ब्रिज (झोलुङ्गे पुल)बाट २२८ मिटर उचाइको तयार हुँदै गरेको बञ्जी :

तस्विर : माधव भुसाल/सुशान्त गाहा मगर

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...