www.tandavnews.com
Fact ~ In search of truth

गलकोटको हटियामा सार्वजनिक शौचालय निर्माण

बागलुङ ।

गलकोट नगरपालिका–३ हटिया बजारमा अपागंतामैत्री सार्वजनिक शौचालय निर्माण गरिएको छ । जीपपार्क चोक नजीकै निर्मित शौचालय चारकोठे छ । गलकोट नगरपालिकाको सात लाख र गण्डकी प्रदेश सरकारको नौ लाख बजेटमा शौचालय बनेको हो ।

शौचालयमा ‘ह्विलचेयर’ लैजान मिल्ने ‘र्याम’, चौडा ढोका, फराकिलो शौचालय, समाउने ठाउँलगायत अपागंतामैत्री संरचना बनाइएको छ । अपागंता भएका व्यक्तिबाहेक अन्य पुरुष तथा महिलाका लागि छुट्टाछुट्टै शौचालय कोठा छ ।

अपागंता भएका व्यक्तिका लागि पहिलोपटक पहुँचयोग्य सार्वजनिक शौचालय बनाइएको वडाध्यक्ष वीरजगं भण्डारीले बताए । ‘भएको शौचालय पनि जीर्ण थियो, अपागंतामैत्री थिएन’, उनले भने, ‘अब सबैका लागि सहज भएको छ ।’

हटिया क्षेत्रमा बढ्दो बजारीकरणसँगै सार्वजनिक शौचालयको अभाव खट्किरहेको थियो । नगरभित्र आवश्यक पर्ने अन्य स्थानमा पनि सार्वजनिक शौचालय निर्माणको योजना छ । पछिल्लो समय भौतिक संरचनाहरु अपागंतामैत्री बनाउने क्रम बढ्दो छ ।

विद्यालय, अस्पतालजस्ता क्षेत्रमा पनि अपागंता भएको व्यक्तिको सहज पहुँच पुग्ने गरी संरचना बनाउनुपर्ने सरकारी नीति नै छ । भौतिकमात्र नभएर अन्य क्षेत्रमा पनि अपागंता भएका व्यक्तिको सहज पहुँचको सुनिश्चितता हुनुपर्ने माग उठ्ने गरेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.