पोखरा,
ताण्डव न्यूज ।
आगामी (मंसिर) १४ गते रिक्त पदपूर्तीका लागि देशभर उपनिर्वाचन हुदैँछ ।
सोही दिन कास्की क्षेत्र नं. २ मा हुने प्रतिनिधि सभा उपनिर्वाचनका लागि सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, साझा पार्टी, विवेकशिल पार्टी लगायातका दलहरु देउसी भैलो खेले जस्तै जनताका घर आँगनमा मतका लागि हात जोड्न पुगिरहेका छन् ।
उनीहरु मात्रै होईन वैकल्पिक शक्तिको रुपमा उदाउने सपना देखेको समाजवादी पार्टी समेत तातिरहेको चुनावी माहौलको प्रचारप्रसारमा कस्सीरहेको छ । मतदातालाई हात (पञ्जा अंकित) चिन्हमा स्वस्तिक छाप लगाउने वातावरण सिर्जना गर्न कास्की क्षेत्र नं. २ का समाजवादी उम्मेद्वार ईञ्जिनियर धर्मराज गुरुङलाई भ्याईनभ्याई छ ।
उम्मेद्वार गुरुङलाई अत्याधिक मतले बिजयी हुन हुटहुटी बढेसँगै यतिबेला पोखरा महानगरपालिका १५ वडाका टोलहरुमा घरदैलोमा दौडधुप गरिरहेका छन् । उनलाई अत्याधिक मतले विजयी गराउनका लागि पार्टीका कार्यकर्ता देखी गण्डकी प्रदेश सभा सदस्य हरिशरण आचार्य समेत कस्सीरहेका छन् ।
ताण्डवकर्मी सुशान्त गाहा मगरले कैद गरेका तस्विरमा हेरौ समाजवादीको चुनावी प्रचारप्रसारको रौनक:
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।