पोखरा ,
ताण्डव न्यूज ।
पोखरामा आज (सोमबार) बिहान सवारी दुर्घटनामा परि एक बालकको मृत्यु भएको छ।
बिहान ९ बजेको समयमा पोखरा महानगरपालिका –३२ गढिघाटमा ग १ त २८२८ नम्बरको ट्याक्टरले किच्दा ५ वर्षीय बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
गिटी लोड गरी फर्कने क्रममा ट्याक्टरले पोखरा महानगरपालिका –३३ छपल्याङगका ५ वर्षीय आकाश नेपालीलाई किच्दा घटनास्थलमै बालकको ज्यान गएको हो । ट्याक्टर चालक घटना लगत्तै फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।