www.tandavnews.com
Fact ~ In search of truth
Mulberry

बंगलादेशमा प्याजको भाउ बढ्दा प्रधानमन्त्रीले नै छोडिन् प्याज खान

hima aus

एजेन्सी ।

classic tech

बंगलादेशमा प्याजको मूल्य आकासिएपछि प्रधान्मन्त्री शेख हसिना वाजेदले प्याज खान छोडेको जनाइएको छ ।

प्याजको मुल्य प्रतिकेजी ३० टका रहेकोमा अहिले भाउ बढेर २ सय ६० टका पुगेको छ । यसरी प्याजको भाउ आकासिएपछि बंगलादेशमा प्रदर्शन सुरु भएको छ। बंगलादेश सरकारले खपत धान्‍नका लागि हवाईजहाजमा राखेर प्याज आयात गरिरहेको छ। महंगीका कारण मानिसहरुले प्याजको उपभोग नै गर्न नसकेको जनाइएको छ ।

प्याजको मूल्यलाई लिएर राजधानी ढाकामा उपभोक्ताहरुले विरोध प्रदर्शन गरेका छन्। बंगलादेशको प्रमुख विपक्षी पार्टीले पनि प्याजको मूल्यविरुद्ध आज देशव्यापी प्रदर्शनको घोषणा गरेको छ। यता नेपालमा पनि पछिल्लो समय प्याजको भाउ बढीरहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.