www.tandavnews.com
Fact ~ In search of truth

दशौँ पोखरा महोत्सव पौष २९ देखि

पोखरा ।

दशौँ पोखरा महोत्सव पौष २९ देखी माघ १२ गते सम्म अयोजना हुने भएको छ।

युनाईटेड क्लवले हरेक वर्ष आयोजना गर्दै आएको महोत्सव यसवर्ष पनि पोखराको अमरसिंह चौरमा सञ्चालन हुनेछ ।दशौँ संस्करणको पोखरा महोत्सव सफल बनाउनका लागी ४० वटा विभिन्न उपसमितिहरु निर्माण गरी महोत्सवको तयारी अघि बढाइएको आयोजक युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङले जानकारी दिए।

महोत्सवमा २ सय ३० देखी २ सय ५० स्टल रहने जनाइएको छ । महोत्सवमा पर्यटन प्रर्वद्धन र पर्यटकीय स्थानको बारेमा जानकारी दिने स्टललाई निशुल्क उपलब्ध गराउनुका साथै कृषि तथा हस्तकलाका स्टलहरुलाई विशेष छुटको व्यवस्था गरिएको महोत्सव प्रचार प्रसार संयोजक शान्त बहादुर थापाले जानकारी दिए ।

आयोजक क्लबले महोत्सवबाट हुने आम्दानीको रकम सामाजिक कार्यमा खर्च गर्दै आइरहेको छ । हाल कास्कीको पचभैयामा निर्माणाधिन चिडियाखानाका लागि क्लबले महोत्सवको आम्दानी रकमबाट सहयोग गर्दै आईरहेको छ । क्लवको पहलमा पोखरा महानगरपालिकाको वडा नम्बर ३०,३१, र ३२ मा रहेको पचभैया, चापापानी, चिसाकुना र चैनपुर सामुदायिक बन क्षेत्रको १३४ हेक्टर जमिनमा चिडियाखाना निर्माणको काम भइरहेको छ ।

क्लबले महोत्सवबाट आम्दानी भएको रकमको २० प्रतिशत रकम चिडियाखाना निर्माणमा लगानी गर्दै आइरहेको छ । हाल सम्म ५५ लाख रकम चिडियाखाना निर्माणका लागी प्रदान गरिसकेको आयोजक क्लबले जनाएको छ । ।

गण्डकी प्रदेशको पर्यटकीय स्थानको बारेमा जानकारी दिनु, आन्तरिक तथा बाह्य उत्पादित वस्तुको बजारीकरण गर्नु, उद्योग प्रर्वद्धन गर्नु, कला,संस्कृति, भेषभुषा संरक्षण गर्नु, शिक्षा,स्वास्थ्य तथा खेलकुदको विकास गर्नु महोत्सवको मुख्य उद्धेश्य रहेको क्लबले जनायो ।

महोत्सवमा दर्शकको मनोरञ्जनलाई मध्यनजर गर्दै राष्ट्रिय तथा स्थानीय कलाकारहरुलाई स्टेजमा उतार्ने आयोजकले जनाएको छ । आयोजकको अनुसार दोहोरी गीत प्रस्तुती, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्याण्डहरुको लाइभ कन्सर्ट, हांस्य ब्यङ्ग्य प्रहशन, नेपाली संस्कृति झल्कने प्रस्तुती, चमेना गृहको ब्यवस्था, बाल उद्यान, प्रदेश स्तरीय लोक दोहोरी गीत प्रतियोगीता, झाँकी प्रतियोगिताका साथै विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु महोत्सवको आर्कषणमा रहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.