www.tandavnews.com
Fact ~ In search of truth

चिकित्सक संघको महासचिवमा डा. रिजालले उम्मेदवारी दिने

काठमाडौं ।

चिकित्सकको साझा छाता संगठन नेपाल चिकित्सक संघको आगामी नयाँ नेतृत्वका लागि महासचिव पदमा डा.बद्री रिजालले उम्मेदवारी दिने भएका छन् ।

आगामी माघमा संघको नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । अध्यक्ष एक, उपाध्यक्ष दुई, महासचिव एक, कोषाध्यक्ष एक, सहसचिव एक, सहकोषाध्यक्ष एक र सदस्य छ पद गरी कूल १३ पदमा निर्वाचन हुँदैछ । लोकतान्त्रिक चिकित्सक संघको सोमबार बसेको बैठकले उनलाई सो पदमा उठाउने निर्णय गरेको हो ।

Batas

यसअघि संघको अध्यक्ष पदमा डा .लोचन कार्कीलाई उठाउने निर्णय भएको थियो । डा .कार्की संघको महासचिव रहेका छन् । संघका अध्यक्ष चिकित्सक मुक्तिराम श्रेष्ठसहित पूर्वअध्यक्षहरु डा .केदारनरसिंह केसी, अञ्जनीकुमार झा र चोपलाल भुसालसहितको टोलीले सर्वसम्मतरूपमा महासचिव कार्कीलाई अध्यक्षसहित रिजाललाई महासचिव पदमा उठाउने निर्णय गरेको जानकारी अध्यक्ष श्रेष्ठले दिए ।

यसैगरी दुईवटा उपाध्यक्ष पदमा डा शिवकुमार श्रेष्ठ र डा. अनिलविक्रम कार्की, सहसचिव पदमा चिकित्सक प्रकाश बुढाथोकी, कोषाध्यक्ष पदमा चिकित्सक शिवजी पौडेल र सहकोषाध्यक्ष पदमा डा विश्वराज दवाडीलाई उठाउने निर्णय भएको छ ।

बाँकी कार्यसमितिको सदस्य पदको टुङ्गो छिट्टै लगाइने लोकतान्त्रिक चिकित्सक संघले जनाएको छ । यसअघि डा पुष्पमणि खरालले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरिसकेका छन् । विसं २००७ फागुन २० गते नेपाल डा .संघको स्थापना भएको थियो । स्थापना समयदेखि हालसम्म संघको नेतृत्व प्रजातान्त्रिक चिकित्सकले गर्दै आएका छन् ।

यसैबीच संघले आज सूचना जारी गरी केन्द्रीय निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन कार्यक्रमअन्तर्गत मङ्सिर १४ गते शनिबारसम्म संघको आजीवन सदस्य बन्नुपर्ने, मतदाताको नामावली मङ्सिर २३ गते सोमबार प्रकाशित हुने, उम्मेदवारको मनोनयन दर्ता मङ्सिर २७ र २८ गते १ बजेसम्म हुने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर ३० गते सोमबार हुने जनाइएको छ ।

संघको १६ वटा शाखा कार्यालयमा माघ ४ गते शनिबार र ५ गते आइतबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म र केन्द्रीय कार्यालयमा माघ १७ गतेदेखि २१ गते मङ्गलबारसम्म सोही समयमा गोप्य मतदान हुने सूचनामा जनाइएको छ ।

मतगणना माघ २२ गते बुधबार ११ बजेपछि हुनेछ । संघको प्रमुख निर्वाचन अधिकृतमा डा.बाबुराम मरासिनी र निर्वाचन अधिकृतमा डा .नवीन्द्रराज विष्ट र डा. योविनकुमार यादव रहेका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.