पोखरा ।
कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभा सदस्यका उम्मेदवार खेमराज पौडेलले आज पोखरा महानगरपालिका–९ का मतदातालाई भेटेका छन् ।
बिहानैदेखि नेता तथा कार्यकर्ताका साथ भोट माग्दै घरदैलोमा पुगेका पौडेलले पोखरा क्षेत्रमा देखिएका हरेक समस्याको समाधानमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए ।आफूले राजनीति थाल्दादेखि नै यहाँका हरेक सुखदुःखमा साथ दिँदै आएको बताउँदै उनले प्रतिनिधिसभा सदस्यका रूपमा सेवा गर्ने अवसर दिन रुख चिह्नमा मतदान गरिदिन आग्रह गरे ।
कांग्रेसले ११ वटै वडामा चुनाव प्रचारप्रसारका कार्यक्रम सञ्चालन गरिहेको र आज दिनभर पोखरा महानगरपालिका वडा नं ९ र १७ मा उम्मेदवारसहित घरदैलो तथा कोणसभा गर्ने चुनाव प्रचारप्रसार समितिले जनाएको छ । रासस
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।