www.tandavnews.com
Fact ~ In search of truth

अध्यक्ष दाहालको सचिवालयद्वारा भ्रामक समाचारको खण्डन

काठमाडौं ।

मन्त्रिमण्डल फेरबदलको विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जोडेर प्रकाशित समाचारप्रति उनको सचिवालयले खण्डन गरेको छ ।मन्त्रिमण्डल फेरबदल प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएको अध्यक्ष दाहालले बारम्बार बताउँदै आएका उनको सचिवालयले प्रष्ट पारेको छ ।

‘पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुश्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौँ’, अध्यक्ष दाहालको निजी सचिवालयद्वारा आज जारी प्रेस नोटमा भनिएको छ, ‘यस्ता अनर्गल र भ्रामक समाचारको घोर भत्र्सना र खण्डन गर्दछौँ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.