www.tandavnews.com
Fact ~ In search of truth

फुलबारीका मतदातामाझ साझा उम्मेदवार केसी (१३ फोटो)

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

तराजु चिन्हको झण्डा बोकेर युवाहरु घरदैलोमा कस्सिएका देखिन्छन् । नेपथ्यमा गीत निरन्तर बजिरहेछ, ‘दाजुभाइ दिदिबहिनी बाजे बराजु, यसपालीको भोट सबै झ्याप्पै तराजु ।’

अघि अघि उम्मेदवार, पछि समर्थक । ‘हामी आयौँ है, अरुलाई पटक पटक जिताउनुभयो यसपाली तराजुमा नै मतदान गर्नुहोस् है’ साझा पार्टीकी उम्मेदवार रजनी केसी पक्का गर्न सोधिरहन्छीन् ‘म ढुक्क भए है त बुवा, आमा ।’ युवाहरुमाझ पुग्दा भ्रष्टाचार विरुद्धको अभियानमा लागेको बताउने उम्मेदवार केसी बृद्धबृद्धामाझ पुग्दा आर्शिवाद दिनुहोस् भन्थिन् ।

Batas

मंगलबार साझा पार्टीले पोखरा ११ फुलबारीका मतदाताहरुसँग घर घरमै पुगेर मत मागेको छ । घरदैलोको क्रममा प्रतिक्रियाहरु कस्तो आइरहेका छन् ? हाम्रो प्रश्नमा उम्मेदवार केसीले जवाफ दिइन् ‘एकदमै उत्साहजनक महशुस भैराछ । किनभने, उहाँहरुले विश्वासको वैकल्पीक पार्टीको खोजी गरिरहेको अनुभुती भयो । हामी पुग्दा, अब त केही हुन्छ भन्दै शुभकामना सहित आर्शिवाद पनि दिनुभएको छ ।’

कास्की क्षेत्र नं २मा मंसीर १४ गते उप निर्वाचन हुँदैछ । दलहरुले नजिकिएको उपनिर्वाचन लक्षीत घरदैलो लगायत विविध कार्यक्रमलाई तिव्रता दिइरहेका छन् ।

हेरौँ ताण्डवकर्मी सुशान्त गाहा मगरको लेन्सबाट साझा पार्टीको घरदैलो :

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.