www.tandavnews.com
Fact ~ In search of truth

कास्की २ : कांग्रेसका निर्वाचन कमाण्डर नै नेकपा प्रवेश

पोखरा ।
अहिले नेकपा कास्की पोखरा महानगरका ११ वडामा केन्द्रीत छ । मंसिर १४ गते हुने उपचुनाव लक्षित गरी नेकपाले घरदैलो, भेला, कोणसभा गरिरहेको छ । मंगलबार नेपाली कांग्रेसका निर्वाचन परिचालकसहित ४९ जना नेकपा प्रवेश गरेका छन् ।
कांग्रेसको निर्वाचन परिचालन गर्ने जिम्मा लिएका जानकी बुथका बुथ समिति सभापति तथा पोखरा १७ निर्वाचन परिचालन समिति सहसंयोजक नगेन्द्र शर्मा भण्डारीले कांग्रेस त्यागेका हुन् । भण्डारीले नेता रवीन्द्र अधिकारीबाट प्रभावित भएको उल्लेख गर्दै रवीन्द्रले देखेका सपना पूरा गर्न नेकपा प्रवेश गरेको प्रतिक्रिया दिए । उनले नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीलाई जिताउन सक्रिय हुने प्रतिवद्धतासमेत गरे । समाजसेवी षडानन्द शर्मा, तरुण दलका नेता विष्णु पोखरेल लगायत पनि नेकपा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसका पुराना नेता पुष्पराज तिमिल्सिना पनि नेकपा प्रवेश गरेका छन् । उनलाईनेकपा गण्डकी सहइन्चार्ज खगराज अधिकारी अधिकारी र कास्की इन्चार्ज राजकाजी गुरुङलेस्वागत गरे । प्रजातान्त्रिक आन्दोलनमा पटक पटक जेल परेका तिमिल्सिना २ कार्यकाल कांग्रेस वडा सभापति थिए । उनले कांग्रेसमा अवसरवादी मात्रै अटाएको दाबी गर्दै समाजवादको यात्रामा लाग्न नेकपा रोजेको बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.