www.tandavnews.com
Fact ~ In search of truth

कास्की उपनिर्वाचन : वडा अध्यक्षले कम्बलबाँडेकाे आरोप लगाउँदै नेकपा बिरूद्द कांग्रेसकाे उजुरी

पोखरा ।
आगामी उपनिर्वाचनलाई प्रभाव पार्नेगरी वडा अध्यक्षले मतदातालाई कम्बल वितरण गरेको आरोप लगाउँदै कास्की कांग्रेसले नेकपा विरुद्ध निर्वाचन आयोगमा उजुरी हालेको छ । कांग्रेस कास्कीले उपनिर्वाचनलाई प्रभाव पार्नेगरि वडा नम्बर १५ का वडाध्यक्षले पट्नेरीको बस्तीमा कम्बल बितरण गरेको आरोप लगाएको छ । कास्की कांग्रेसले मंगलबार विज्ञप्ति जारी गरी पट्नेरीका १२ जनालाई वडाध्यक्ष प्रकाश पौडेलले कम्बल बितरण गर्दै आचार संहिता मिचेको दाबी गरेको हो । यो क्षेत्र उपनिर्वाचन हुने क्षेत्रमा पर्छ । तत्कालीन एमालेबाट वडाअध्यक्ष निर्वाचित पौडेलले निर्वाचनको आचारसंहिता विपरित कम्बल बाँडेको कांग्रेसले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
पौडेल तत्कालीन एमालेबाट निर्वा्चित वडाध्यक्ष हुन् । कांग्रेस कास्कीका सभापति कृष्ण केसीका अनुसार निर्वाचन क्षेत्र भित्र मतदातालाई प्रलोभनमा पार्ने काम वडा कार्यालयबाटै भएको भन्दै वडाध्यक्षलगायत त्यस कार्यमा संलग्नलाई कार्बाहीको माग गर्दै उजुरी दिइएको छ । सभापति केसीले यही विषयमा जारी गरेको विज्ञप्तिमा वडाध्यक्ष पौडेलको यो कार्य निर्वाचन आचारसंहिता २०७२ को दफा ३ को उपदफा १ (ख) विरुद्ध हुने उल्लेख छ । पार्टी सभापति कृष्ण केसीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको मुखमा निर्वाचन क्षेत्रका मतदातालाई प्रलोभनमा पारी प्रभावित पार्ने मनसायले गरिएको यस प्रकारको कार्यको घोर निन्दा र भत्र्सना गर्दै यस्ता कार्य तत्काल बन्द गर्न सम्बन्धित निकायलाई सचेत गराउँदछौं ।’
विज्ञप्तीमा आचारसंहिता मिचेर गरिएको कामको अनुगमन गरी कारबाहीको माग समेत गरिएको छ । निर्वाचन आयोग कास्कीले पनि आचारसंहित उल्लंघनको उजुरी परेको जानकारी दिएको छ । जिल्ला निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीका अनुुसार घटनाको मुख्यनिर्वाचन अधिकृतले छानबिन गर्ने र आचरसंहिता उल्लंघन भए कारबाही हुने जानकारी दिए ।

हेराैँ कांग्रेसकाे विज्ञप्ती  : 

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.