www.tandavnews.com
Fact ~ In search of truth

नेपाल–भारत सीमा सुरक्षा बैठक आजदेखि पोखरामा

पोखरा,
ताण्डव न्यूज ।

नेपाल भारतको सीमा सुरक्षा बैठक आज विहान नौ बजेबाट पोखराको दोबिल्लामा रहेको माउन्ट ग्लोरी रिसोर्टमा सुरु हुने भएको छ ।

आज बुधबारबाट सुरु हुने बैठक तीन दिनसम्म चलनेछ । बैठकमा सहभागि हुन नेपाल र भारतका प्रतिनिधीहरु पोखरा आइसकेका छन् । नेपालका तर्फबाट सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र भारतका तर्फबाट सीमा सुरक्षा बलका डीआइजी कुमार राजेशचन्द्रले टोलीको नेतृत्व गर्नेछन ।

Batas

नेपालको टोलीमा आइजीपीको नेतृत्वमा एआइजी पुष्पराम केसी, नारायणबाबु थापा, रामशरण पौडेल, डीआइजीहरु बाबुराम पाण्डे, सुरज श्रेष्ठ, चिरन्जीवी अधिकारी, नगेन्द्र थापा, गोविन्द क्षेत्री, राजु अर्याल, नारायणदत्त पौडेलको साथमा गृहका उपसचिब, परराष्ट्र मन्त्रालयका प्रतिनिधी, नेपाल प्रहरीका डिआइजी दानसिङ बोहरा रहनेछन् । बैठकमा नेपालका तर्फबाट दश र भारतका तर्फबाट छ जना सहभागिता हुने सशस्त्र प्रहरी नायब महानिरीक्षक बाबुराम पाण्डेले थाहा खबरलाई जानकारी दिए ।

‘बैठकमा सीमामा हुने अपराध, सीमा सुरक्षा गस्ती लगायतको विषयमा छलफल हुनेछ,’ उनले भने, ‘यो कुनै पूर्वनिर्धारित र वार्षिक कार्यक्रम हो ।’ उनले अहिलेको सिमा विवाद बारे छलफल हुने नहुनेबारे बोल्न चाहेनन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.