www.tandavnews.com
Fact ~ In search of truth

आशा, आर.के र सुवासको अभिनयमा सदाबहार संजीवनीको ‘मेरो साथ’ सार्वजनिक

पोखरा
ताण्डव न्यूज ।

कहिलेकाहि सम्बन्धमा दरार पैदा हुनसक्छ । भुलवस आफ्नै वा अरु कोहीको गलत भावनाका कारण । प्रेम सम्बन्ध अन्तिमसम्म रहन्छ भन्नेपनि छैन । सम्बन्ध चोखो भावनाले निभाउदा निभाउदै पनि अनेकन परिस्थिती र दुई जनाबिचको गलतफेमीको प्रतिफल माया टुट्न सक्छ ।

यस्तै कथा बोल्छ ‘मेरो साथ छोडी तिमिले’ बोलको गितमा पनि । जसलाई चर्चित सदावहार गायिका संजीवनीको स्वरले जिवन्ता दिएको छ । गीत केही दिन अघि समाजिक संजाल युट्युव मार्फत सार्वजनिक गरिएको छ ।

Batas

चर्चित कालाकार आशा खड्कासहित आरके बसौला र सुवास सुवेदीले गितको भिडियोलाई न्याय दिएका छन् । म्युजिक नेपाल मार्फत सार्वजनिक दम्मदार भिडियोलाई सुकुमायाले निर्देशन र सागर गौतमले छायांकन गरेका हुन् भने अमृत चापागाइले सम्पादन गरेका छन् ।

सुदीप सापकोटाको शब्दलाई सन्तोष केसीले संगीत भरेका हुन् ।

हेर्नुहोस् भिडियो :

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.