www.tandavnews.com
Fact ~ In search of truth

आजै नयाँ मन्त्रीहरुको सपथको तयारी

काठमाडौं ।

नेकपा अध्यक्षद्द्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेका छन् ।

मन्त्रीमण्डल हेरफेरका बारे जानकारी दिनका लागि अध्यक्षद्धय ओली र दाहालले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।

ओली र प्रचण्डले मन्त्रीमण्डल हेरफेरको टुंगो लगाएसँगै नयाँ मन्त्रीहरुलाई आजै शपथ ग्रहण गराइने तयारी भएको जनाइएको छ ।

नेकपा सचिवालयले गर्ने निर्णयका आधारमा नवनियुक्त मन्त्रीहरुका सपथ बुधबार ४ बजे हुने संभावना छ ।प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले राष्ट्रपति भण्डारीसँग छलफल गरी सपथग्रहणको समय तय गरेको बुझिएको छ ।

नेकपाको सचिवालय बैठकले केही मन्त्रीलाई फिर्ता बोलाई उक्त मन्त्रालयमा नयाँ मन्त्रि पठाउने निर्णय गर्ने छ । प्रधानमन्त्री ओलीले नयाँ मन्त्री नियुक्त गर्नेछन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.