www.tandavnews.com
Fact ~ In search of truth

चिनिँया राजदुत याङ्छी र गण्डकी प्रदेश प्रमुख शेरचन बिच भेटवार्ता

ताण्डव न्यूज,
पोखरा ।

चिनिँया राजदुत हाउ याङ्छीले गण्डकी प्रदेश प्रमुख अमिक शेरचनसँग भेटवार्ता गरेकी छिन् ।प्रदेश प्रमुख शेरचनको निवासमा ५ सदस्यीय याङ्छीको टोलीले मंगलबार भेटवार्ता गरेकी हुन् ।

सो अवसरमा बोल्दै राजदुत याङ्छीले नेपाल भ्रमण वर्ष २०२० मा चिनिँया पर्यटक नेपाल आउँन इच्छुक रहेको बताएकी थिईन् । प्रदेश प्रमुखको कार्यालय उप –सचिव विश्वप्रकाश न्यौपानेका अनुसार राजदुत याङ्छीले भ्रमण वर्ष लगत्तै नेपालमा चिनिँया पर्यटक बढ्ने संकेत गरेकी छिन् । गण्डकी प्रदेश भ्रमणमा आउँने आफ्ना नागरिकहरुको सुरक्षा व्यवस्था राम्रो बनाउँनको लागि प्रदेश प्रमुखसंग आग्रह गरेको समेत गरेको उनले सुनाए ।

राजदुत याङ्छी र प्रदेश प्रमुख शेरचनबिच दुई देशबिचको सम्बन्धको बारेमा छलफल भएको बताए । गण्डकी प्रदेश सँग सिमाना जोडिएका प्रान्तँंग भगिनी सम्बन्ध कायम राख्ने सम्भावना पनि राजदुत याङ्छीसँगको भेटघाटमा रहेको उपसचिव न्यौपानेले जानकारी दिए ।

राजदुत याङ्छी चिनिँया निर्माण कम्पनी सिइएमसिले निर्माण गरिरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समेत अनुगमन गरेकी थिईन् । यस्तै चिनिँया लगानी रहेको गण्डकी प्रदेशको अरु ठुला आयोजना पनि याङ्छीले अनुगमन गर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसीसंग पनि राजदुत याङ्छीले भेटवार्ता गरिसकेकी छिन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पथ्वीसुब्बा गुरुङसँग पनि राजदुत याङ्छीको भेटवार्ता हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । ३ दिने गण्डकी प्रदेश भ्रमण रहेको याङ्छीको काठमाडौं बाहिरको पहिलो भ्रमण हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.