www.tandavnews.com
Fact ~ In search of truth

अधिनायकवाद हाबी हुँदा लोकतन्त्र खतरामाः पूर्व सभामुख रानाभाट

पोखरा ।

नेपाली काँग्रेसका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाटले अधिनायकवादी शक्ति हाबी हुँदा मुलुक र लोकतन्त्र खतरामा परेको बताएका छन् ।

कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पोखरा महानगरपालिका–८ मा घरदैलोमा सहभागी बन्दै उनले लोकतन्त्र र संविधानको रक्षाका लागि पनि काँग्रेसले चुनाव जित्नुपर्ने बताए ।

वर्तमान सरकार गठन भएयता जनता त्रासै त्रासमा बाँच्न बाध्य भएको धारणा राख्दै उनले त्रसित जनतामा शान्ति ल्याउन पनि यो उपनिर्वाचन काँग्रेसका पक्षमा हुनुपर्ने जिकिर गरे ।

नेपालको सीमा मिचिएर जनता सडकमा आउँदासमेत सरकार कानमा तेल हालेर बसेको उनले बताए । काँग्रेस पार्टीप्रति जनताको विश्वास पनि बढेको र निर्वाचनमा जित्ने पर्याप्त आधार देखिएको उल्लेख गर्दै रानाभाटले विगतका कमिकमजोरी सच्याएर पार्टी अघि बढ्नुपर्ने धारणा राखे। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.