www.tandavnews.com
Fact ~ In search of truth

सर्लाहीमा मौरीले टोक्दा तीन वर्षीय बालकको मृत्यु, पाँच घाइते

सर्लाही ।

वनमौरीको टोकाइबाट मलंगवा–७ मुसैलीमा एक बालककोे मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

मुसैलीस्थित खेतमा काम गर्ने क्रममा बुधबार साँझ वनमौरीले टोक्दा गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको छ । मौरीको टोकाइबाट रायकी श्रीमती ३५ वर्षीया चिन्तादेवी राय र निजका छोरा चार वर्षीय रविकुमार राय, स्थानीयवासी २४ वर्षीया अञ्जलीदेवी यादव, ४० वर्षीया देवबत्ती देवी र १८ वर्षीय रामध्यान महतो घाइते भएका छन् ।

Batas

उनीहरुलाई उपचारका लागि बुधबार राति ९ः३० बजेको समयमा मलंगवा अस्पतालबाट वीरगञ्ज सिफारिश गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घाइतेलाई मौरीले शरीरका विभिन्न भागमा टोकेको स्थानीयवासी हरदास यादवले जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.