www.tandavnews.com
Fact ~ In search of truth

मिर्गौलापीडित मनिषालाई सञ्जीवनीको छ लाख ३४ हजार

पोखरा ।

दुवै मिर्गौला फेल भई उपचार गराइरहेका कास्कीको मादी गाउँपालिका–७ थाक घर भई हाल पोखरा महानगरपालिका–१३ लामोडहरमा बस्दै आएकी २४ वर्षीया मनिषा गुरुङलाई सञ्जीवनी दिदी–बहिनी केन्द्रले छ लाख ३४ हजार ३४० सहयोग गरिएको छ ।

गुरुङको आर्थिक अवस्था कमजोर रहेकाले मिर्गौला प्रत्यारोपणका लागि सहयोग पुर्याउने उद्देश्यले केन्द्रले बुधबार सो रकम पीडितलाई प्रदान गरिएको हो । हङकङ निवासी केन्द्रका संस्थापक सदस्य कमला गुरुङको सक्रियतामा हङकङमा संकलित सो रकम केन्द्रकी अध्यक्ष बिना गुरुङले मनिषा बचाऊ अभियान सहयोग समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङलाई हस्तान्तरण गगरेका थिए ।

अभियानका संयोजक गुरुङले मिर्गौला प्रत्यारोपणका लागि २० लाख खर्च लाग्ने चिकित्सकको भनाइ रहेको बताए । पीडित गुरुङले हाल हप्ताको दुईपटक डायलासिस गर्दै आएका छन् । यसअघि सहयोग समितिले दीपावलीको अवसरमा देउसीभैलोमार्फत उपचारका लागि आठ लाख संकलन गरेको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.