www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा साग लक्षित खेल मैदानको मुख्यमन्त्रीले गरे अवलोकन

सागका सबै खेलको अपडेट मोबाइल एप्स र वेभसाइटमा

पोखरा,

ताण्डव न्यूज ।

आगामी मंसिर १५ गते देखि २४ गतेसम्म चल्ने १३ औँ सागको केहि खेल पोखरामा पनि हुनेछन् । पोखरामा फुटबल लगायत विभिन्न खेलको प्रतिस्पर्धा हुनेछन् ।

Batas

मुख्य प्रतियोगिता अन्तरगत रहेको महिला फुटबल पोखरामा हुने नहुने शंका भइरहेको बेला निर्माणाधिन खेलमैदानको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अवलोकन गरेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि पोखरामा निर्माणाधिन पूर्वाधारको उनले अवलोकन गरेका हुन् ।

फुटबल मैदान सहित अन्य खेल मैदान र भौतिक संरचनाको स्थलगत अवलोकन गरेपछि मुख्यमन्त्रीले भने, ‘प्रदेश सरकारले गर्नुपर्ने कामको लागि कुनै पनि कसुर बाँकी राख्दैन ।’ मुख्यमन्त्रीले आचरीको प्रशिक्षणमा रहेका खेलाडीहरुलाई पनि भेटे । उनले सोधे, ‘तयारी कस्तो छ ? पदक ल्याउनुपर्छ है । यहाँ तयारीको क्रममा कुनै समस्या भए भन्नुहोला ।’ खेलाडी पनि पदक ल्याउन सक्दो प्रयास गरिरहेको जवाफ दिए ।

पोखराको रंगशालामा साग लक्षित संरचना निर्माणको लागि सबैभन्दा खटिएको नाम हो राजेश गुरुङ । राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले सरकारले बजेट निकासा नगर्दा समस्या भएको भन्दै मुख्यमन्त्रीलाई प्रदेश सरकारले बजेटको ब्यवस्था गर्न आग्रह गरे ।

मुख्यमन्त्रीले भने, ‘साग हाम्रो इज्जत र प्रतिष्ठासंग जोडिएको छ । यहाँ सबैै खेल संचालन गर्नको लागि तपाईहरु लाग्नुहोस अपुग रकमको हामी पनि व्यबस्था मिलाउँला ।’मुख्यमन्त्री गुरुङले क्रिक्रेट मैदान, आर्चरी खेल मैदान, व्याडमिन्टन कभर्ड हल, पोखराको बहुउद्धेश्य कभर्ड हललगायतको भौतिक संरचना अवलोन गरे ।

पोखरामा सबैभन्दा चिन्ताको विषय बनेको फुटबल मैदान र स्टेडीयमको काम पनि तिव्रगतिमा भइरहेको छ । यस अघि दुई पटकसम्म रोपिएको दुबो मरेपछि पुन भारतबाट दुबो झिकाई मैदानमा लगाइएको छ । खेल हुने समय अगावै सबै भौतिक निर्माणको काम सकिने पोखरा रंगशाला निर्माण कम्पनीका म्यानेजर इन्जिनियर दिपक बरालले जानकारी गराए ।

पछिल्लो पटक ल्याइएको दुबो नेपाल प्रहरीको सहयोगमा रोपिएको छ । अबको एक हप्तामा करिब १० हजार मानिस अट्ने प्याराफिट समेत तयार हुने बरालले बताए । पोखरा रंगशालामा फुटबल स्टेडियमको निर्माण गर्ने जिम्मा भारतको निर्माणको जिम्मा जिएसआई र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीले पाएको लिएको छ ।

मोबाइल एप्स र वेभसाइटको उद्घाटन

पोखरामा हुने सागका सबै खेलको अपडेटको लागि छुट्टै वेभसाइट र मोबाइल एप्स समेत बनाईको छ । पोखराकै जिरोवान टेक्नोलोजी खेलहरुको बारेमा सम्पूर्ण जानकारी गराउन वेवसाइट र मोबाइल एप्स निर्माण गरेको साग स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिका सदस्य तेजबहादुर गुरुङले मुख्यमन्त्रीलाई जानकारी गराए ।

उक्त वेभसाइट र मोबाइल एप्सको उद्घाटन मुख्यमन्त्री गुरुङले गरे । साग२०१९डट ओआरजी वेभसाइटबाट पोखरामा हुने सबैखेलको अबडेट लिन सकिन्छ । यसमा काठमाडौँ लगायत अन्य ठाउँको खेलको अपडेट पनि राखिएको हुन्छ । सागमा २७ खेल हुनेछन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.