www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी बैंक तेह्रौ वर्षमा प्रवेश, वार्षिकउत्सवको अवसरमा विभिन्न संस्थालाई सहयोग

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी विकास बैंकको तेह्रौँ वार्षिकोत्सव सम्पन्न भएको छ । बैंक बाह्र वर्ष सफलता पूर्वक पुरा गरि तेह्रौ वर्षमा प्रवेश गरेको हो । वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न स्थानहरुमा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै सहयोगका कामहरु गरेको छ ।

बैंकले पोखरा छोरेपाटन स्थित मानव सेवा आश्रमका आश्रितहरुको लागि १० थान बेड÷बिस्तरा सेट, पोखरा –१४ बाच्छीबुडुवा स्थित वात्स्यायन वृद्धाश्रमका लागि सोफासेट लगायतका फर्निचर सामाग्रीहरु र फलफुल तथा खाजा वितरण गरेको छ ।

Batas

यस्तै बैंकले निर्मलपोखरी स्थित निर्मलपोखरी सेकेन्डरी स्कुलका २ सय विद्यार्थीहरुलाई झोला, पोखरा रातोपैरा स्थित रातोपैरा बालविकास केन्द्रका विपन्न वर्गका करिब ३० जना बालबालिकालाई न्यानो कपडा एवम् खाजा वितरण गरेको छ ।

त्यस्तै धादिगं स्थित प्रेम सागर फाउन्डेसन नेपालले करिब १ सय वृद्धवृद्धा तथा ५ सय गरीब विद्यार्थीहरुका लागि दैनिक जनभोजन गराउने कार्यक्रमका लागि एक लाख रुपैयाँ, नेपाली नेत्रहिन विद्यार्थी फाउन्डेसन, बैदामसँग सम्बन्धन भएका नेत्रहिन विद्यार्थीहरुको लागि आवश्यक साँगीतिक उपकरण खरिदका लागि एक लाख २४ हजार नगद हस्तान्तरण गरेको छ । बैंकले ढुंगेसाँगु स्थित पोखरा वृद्धाश्रमका लागि ५० हजारको अक्षय कोषका लागि चेक हस्तान्तरण गरेको छ ।

बंकका अध्यक्ष शुसिल गौचन, सञ्चालक पद्य प्रसाद पौडेल, किशोर ओझा, नारायण बहादुर बाँनिया, बासुदेव त्रिपाठी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा लगायतका पदाधिकारीहरुले उक्त सामाग्री तथा नगद हस्तान्तरण गरेका थिए ।

बैंक समाजकै अंग भएको र बैंकले गर्ने कार्य समाजको हितका लागि हुनुपर्ने बताउँदै गण्डकी बैंकका देशभर रहेका शाखाहरुमार्फत यस्ता समाजिका कार्य हुने गरेको बैंकका अध्यक्ष गौचनले बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले यस प्रकारका सामाजिक सेवाको क्षेत्रमा थप सहयोग गर्न बैंक सदेव तयार रहेको र उचित प्रस्तावलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

विभिन्न स्थानहरुमा आयोजित छुट्टाछुट्टै कार्यक्रमहरुमा सम्बन्धित संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको बैंकले जनाएको छ । बैंकको सहयोग प्राप्त गर्ने संस्थाहरुले बैंकप्रति आभार प्रकट गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.