www.tandavnews.com
Fact ~ In search of truth

टप्स स्पोर्टस् मिट सुरु

पोखरा ।

पोखरा–१० रामघाटमा अवस्थित टप्स इङ्लिस बोर्डिङ स्कुलमा हिजो(विहिबार)देखि दुई दिवसीय स्पोर्टस् मिट सुरु भएको छ । विद्यालय प्राङ्गण र लेखनाथको भण्डाढिकस्थित खेल मैदानमा एक साथ सुरु भएको प्रतियोगितामा कक्षा नर्सरीदेखि बाह्र सम्मका विद्यार्थीहरुले सहभागिता जनाएका छन् ।

विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको प्रतियोगितामा एथ्लेटिक्सतर्फ १००,२००,४००, मिटर छात्र छात्रा दौड, १५०० मिटर खुल्ला छात्र दौड, लङजम्प, हाइ जम्प, सटपुट, ४०० मिटर रिले दौड भण्डाढिकस्थित खेल मैदानमा खेलाइएको विद्यालयका सहायक प्रिन्सिपल चित्रकुमार गुरुङले जनाए ।

यता विद्यालय प्राङ्गणमा +२ तहमा अध्ययनरत छात्रछात्रा भलिबल, बास्केटबल, टेबलटेनिस आदि खेल खेलाइएको +२ संयोजक निर्मल सोतीले जानकारी दिए । पूर्व प्राथमिक तहतर्फ विद्यालय प्राङ्गणमा नर्सरीदेखि दुईसम्मका विद्यार्थीहरुका बिचमा स्याक रेस, बेलुन फुटाउने, म्युजिकल चेयर, ५० मिटर दौड, गणित दौड,चकलेट दौड लगायतका रोचक खेल खेलाइएको विद्यालयकी शिक्षिका निलम श्रेष्ठले जनाइन् ।

खुल्ला तथा सदनात्मक रुपमा भएको खेलकुद प्रतियोगिता आज सम्पन्न हुने छ । विहिबार भएको छात्रा भलिवलमा कक्षा ११ विजयी भयो भने छात्रा बास्केट बलमा कक्षा १२ को समूह प्रथम भयो । छात्र भलिबल तर्पm व्यवस्थापन ११ लाई हराउँदै व्यवस्थापन १२ र विज्ञान समूहलाई हराउँदै कक्षा १२ होटल म्यानेजमेन्ट समूह फाइनलमा प्रवेश गरेको छ ।

प्रायः खेलको छनौट चरण विहीबार भएकोमा आज फाइनल खेल हुने छ । विद्यालयका संस्थापक प्रिन्सिपल रत्नमान गुरुङको अध्यक्षतामा भएको प्रतियोगिताको संयोजन अतिरिक्त क्रियाकलाप संयोजक नन्द गुरुङ र सञ्चालन विद्यालयकी शिक्षिका सरिता केसी, गोपाल खनाल र मणी डुम्रेले गरेका थिए । प्रतियोगितामा उत्कृष्ट स्थान हाँसिल गर्ने विद्यार्थीहरुलाई शिल्ड, मेडल र प्रमाणङ–पत्र विद्यालयले आफ्नो २७ औँ वार्षिक उत्सवका अवसरमा प्रदान गर्ने जानकारी विद्यालयका मिडिया संयोजक शिक्षक गोपाल खनालले दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.