www.tandavnews.com
Fact ~ In search of truth

बिर्सन सक्दैन दम्सादीले रविन्द्र

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

गाउँ पुग्ने अन्य नेताहरु याद छैन उनलाइ । नाम पनि जान्दिनन् । उमेरले आठ दशक नजिकिएकी लिलामाया भण्डारीले जानेको एउटै नाम हो, रविन्द्र अधिकारी ।

पाेखरा १७ बिरौटा र पाेखरा २१ दम्सादी जोड्ने पुल देख्दा उनि रविन्द्र सम्झन्छिन् । गाउँमा हुने विविध कार्यक्रममा अन्य नेता कार्यकर्ता हिँडेको देख्दा उनलाइ रविन्द्रको झ झल्कोले सताउँछ । चुनावी कार्यक्रममा विद्या भट्टराइको सम्बोधन सुनिरहँदा रविन्द्रको बेस्कन याद आएछ क्यारे, लिलामाया भक्कानिइन् ।

Batas

दाहीने हातले पुल देखाउँदै उनले सुनाइन् ‘यो पुल रविन्द्रले हाल्देका हुन् । यति रुन मन लाउँच क्यार्नी, बाबु । बिचरा ! त्यस्तो भयो ।’
आँखाका डिलसम्म आइपुगेका आशुलाई सेतो पछ्यौरीले पुछ्दै लिलामाया भन्दै थिइन् ‘ ‘यो पुल नहुँदा एक घण्टा लाउँथ्यो यहाँ आइपुग्न । २ वर्ष भन्दा बढी भयो । अहिले सुविस्ता भ’छ ।’

चुनावको बेला मात्र उहाँसँग भेट हुन्थ्यो कि अरु बेला पनि ? हामीले जिज्ञासा राख्यौँ । भक्कानिएको आवाज अडाउँदै भनिन् ‘यता आइरहन्थे । आमा, सञ्चै हुनुहुन्छ भन्दै आउँथे । यहि बाटो हिँड्थे । आफ्नै छोरो जस्तै लाग्थ्यो ।’

शुक्रबार पोखरा २१ दम्सादीमा उपनिर्वाचन लक्षित घरदैलो कार्यक्रमका क्रममा बृद्धबृद्धाले उम्मेदवार विद्या भट्टराइलाई सफलताको आर्शिवाद दिए ।

मंसीर १४मा हुने उपनिर्वाचनका लागि विद्या कास्की क्षेत्र नं २को उम्मेदवार हुन् । यो यहि क्षेत्र हो, जहाँका जनताले रविन्द्रलाई ३ पटकसम्म हेभि वेट उम्मेदवारको ट्याग दिलायो र हेभि मतान्तरका साथ विजयी पनि गरायो ।

नेकपा कास्कीले आज बिहान दम्सादी, अम्बोट, फेदिपाटन, खरच्याङ्ग, रघौचौरमा कार्यक्रम सम्पन्न गरिसकेको छ भने दुवार, ठुलि स्वारा, मैदान, चापको चौर, गिरी गाउँ हुँदै थाप्लेमा आयोजना गर्ने जनाइएको छ ।

उपनिर्वाचनमा २१ जना उमेदवारहरु प्रतिस्पर्धामा छन् । दलहरुले विभिन्न क्षेत्रमा सेडुअल सहित कार्यक्रमहरु आयोजना गरिरहेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.