www.tandavnews.com
Fact ~ In search of truth

झुलाघाट नाका आजबाट बन्द

बैतडी ।

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि ४ दिन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार आजदेखि मंसिर ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो ।यही मंसिर ८ गते भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकोले सुरक्षा संवेदनशीलताको कारण जनाउँदै साँझ ५ बजेदेखि मंसिर ९ गते साँझ ५ बजेसम्म सीमा नाका बन्द हुने जनाइएको छ ।

यस अवधिमा आकस्मिक रुपमा नाका खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.