www.tandavnews.com
Fact ~ In search of truth

यो सरकार कठपुतली भयो : देउवा

पोखरा ।

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले सबैंधानिक परिषद्लाई कठपुतली बनाएर सबैठाउँमा आफ्ना मान्छे भर्ति गरेको आरोप लगाएका छन् । शुक्रबार पोखरामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने, ‘संवैधानिक परिषद् कठपुतली बनाएर सबै ठाउँमा आफ्ना मान्छे नियुक्त गरेको छ ।

अख्तियारलाई शाही आयोग बनाउन खोजेको छ ।’ उनले न्यायलयमा पनि राजनीतिक आस्था बोकेका मान्छे नियुक्त गरेको भन्दै आपत्ति प्रकट गरे । उनले स्वतन्त्र न्यायलय नभएसम्म सरकारलाई गलत काम गर्न थप खबरदारी गर्ने ठाउँ नहुने बताए । बार एशोसियकनमा कांग्रेस आफ्नै कारणले हारेकोले सरकारलाई खबरदारी गर्ने ठाउँबाट चुकेको उनको तर्क थियो ।

बारको चुनाव हारेकै कारण न्यायपरिषदमा प्रतिनिधित्व हुन नसकेको उनको भनाई छ । सरकार गलतबाटोमा गएको भन्दै कांग्रेसले सरकारको विरुद्ध सडक र संसदबाट संघर्षको कार्यक्रमहरु ल्याउने देउवाको भनाई छ । ‘सरकार र प्रधानमन्त्री ओलीको राष्ट्रवाद कालापानीमा लम्पसार परेको छ,’ उनले भने, ‘अब यो सरकारको विरुद्ध संसद र सडकबाट कांग्रेसले संघर्ष गर्छ ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.