www.tandavnews.com
Fact ~ In search of truth

विश्व शान्ति सूचीमा नेपाल १२ औँ स्थान माथि उक्लियो

काठमाडौँ ।

विश्व शान्ति सूचीमा सुधार गर्दै नेपाल १२ औं स्थान माथि उक्लिएको छ ।

इन्सिच्युट फर इकोनोमिक्स एण्ड पिस (आइइपी) ले २०१९ मा सार्वजनिक गरेको रिपोर्टअनुसार नेपाल १२ स्थान सुधार गर्दै ७६ औं स्थानमा पर्न सफल भएको हो।

Batas

ग्लोबल पिस इन्डेक्सको यो १३ औं संस्करण हो जसमा १६३ स्वतन्त्र राज्य र क्षेत्रको शान्ति स्तर मापन गरिएको थियो। सामाजिक सुरक्षाको स्तर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय द्वन्द्व, सैन्यकरणलगायत २३ विषयका आधारमा सूचीकरण गरिएको छ। विश्वकै शान्त राष्ट्रको सूचीमा आइसल्यान्ड पहिलो स्थानमा छ भने अफगानिस्तान अन्तिम स्थानमा छ।

यसैगरी न्युजिल्यान्ड, पोर्चुगल, अष्ट्रिया, डेनमार्क, क्यानडा, सिङ्गापुर, स्लोभेनिया जापान र चेज रिपब्लिक क्रमशः शिर्ष १० स्थानमा परेका छन्।दक्षिण एसियाली देशमा भुटान सबभन्दा अगाडि १५ औं स्थानमा छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.