www.tandavnews.com
Fact ~ In search of truth

महराको कैफियत प्रतिवेदन पेश गर्न उच्च अदालतको आदेश

काठमाडौं ।

कारागार चलान भएका निवर्तमान सभामुख कृष्णबहादुर महराको कैफियत प्रतिवेदन पेस गर्न उच्च अदालत पाटनले माग गरेको छ ।

संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको आरोपमा पुर्पक्षका लागि कारागार चलान भएका महराको कैफियत प्रतिवेदन पेस गर्न उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतलाई आदेश गरेको हो।

Batas

आज ( शुक्रबार) जिल्ला अदालत काठमाडौंलाई कैफियत प्रतिवेदन पेश गर्न आदेश दिएको हो। कैफियत प्रतिवेदन भन्नाले सुरू अदालतले आदेशका लागि आधार मानेका मिसिल, सबुत प्रमाणलाई मानिन्छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले बलात्कार प्रयासको आरोपमा महरालाई गत कार्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.