www.tandavnews.com
Fact ~ In search of truth

पाइन्ट पछाडी ‘पर्स’ बोक्दा मेरुदण्डमा कति असर गर्छ ?

थुप्रैले पाइन्टको पछाडिको खल्तीमा पर्स, बाक्लो रुमाल, कागजात आदि राख्ने गर्छन् । यसो गर्नेमा पुरुषहरू बढी छन् । तर, अधिकांशलाई यसले स्वास्थ्यमा पार्ने असरबारे हेक्का छैन । पाइन्टको पछाडिको खल्तीमा पर्स राखेर बस्दा त्यसले मेरुदण्ड दुख्ने तथा नशा च्यापिने पनि निम्त्याउन सक्छ ।

पाइन्टको पछाडि पर्स राख्दा कसरी मेरुदण्ड दुख्छ ?

१ः पाइन्टको पछाडिको खल्तीमा पर्स राखेर बस्दा एकातिरको भाग उठ्छ र अर्काेतिरको भाग तल जान्छ । यसले मेरुदण्डलाई बंग्याउन सक्छ । सिधा हुनुपर्ने वस्तु बांगीदा दुखाई त निम्तिन्छ नै ।

Batas

२ः सुरुमा मेरुदण्ड अस्थायी रूपमा बांगिन्छ । त्यसपछि स्थायी रूपमा बांगिन्छ । यो अवस्थालाई ‘स्कोलियोसिस’ भनिन्छ । यो समस्या १४–२० वर्षको उमेर समूहलाई बढि हुनेगरेको मैले देखेको छु । यस्ले पनि ठिक हुनै गाह्रो हुने खालको दुखाई निम्तिन सक्दछ ।

३ः वयस्कहरूमा पनि मेरुदण्ड बांगिने समस्या हुन्छ । एकातिर उठ्दा र अर्काेतिर तल पर्दा पेल्भिस (हिपको पूरै एरिया)लाई नै असर गर्छ । पूरै पेल्भिस तथा मेरुदण्डको एलाइण्मेन्ट बिग्रदा पनि मेरुदण्डको खतरनाक दुखाइ हुन सक्छ ।

४ः सिधा गरेर राख्नुपर्ने चिजलाई बांगो गर्दा केही न केही त असर त पर्छ नि ।मेरुदण्ड भनेको शरीर रुपी घरको पिलर हो । त्यसकारण मेरुदण्ड बांगिँदा यस्तो अवस्थामा मेरुदण्डका हड्डी रुपी पिलरलाई समात्ने लिगामेण्ट तथा मांसपेशीमा पनि नराम्रो असर पर्दछ जस्लेगर्दा दुखाई पैदा हुन्छ ।

५ः हाम्रो शरीरको हिप क्षेत्रमा साइटिक भन्ने शरीरको सबैभन्दा ठूलो नशा हुन्छ । पाइन्टको पछाडिको खल्तीमा एकातिर मात्रै पर्स राख्दा यो नशामा दबाब पैदा हुन्छ । यो हरेक दिन दोहोरिइरहन्छ जस्ले गर्दा साइटिक नशामा एकदम नराम्रो असर पर्छ । यसले साइटिका जस्तो नसा च्यापिने लक्षण पनि ल्याउन सक्छ ।

६ः पर्सको ठ्याक्कै माथि हिपका बिभिन्न मांसपेशी हुन्छन् । यी मांसपेशीको बीचबाट साइटिक नशा गएको हुन्छ । पछाडी पर्स राख्दा निरन्तर दबाबले ती मांसपेशी सुन्निने वा इन्फ्लामेसनले ग्रस्त हुने हुन्छ जस्कारण यी मासु बिचबाट गएको साइटिक नशा च्यापिएर पनि साइटिकाका लक्षणहरु देखिन सक्छ ।

७ : नेपालमा मेरुदण्डको दुखाइ नभएको मान्छे भेटाउनै गाह्रो छ । पहिलै भएको दुखाईलाई पछाडी पर्स राख्ने बानीले झन् बढाउने गर्छ ।त्यसो भए पाइन्टको पछाडिको खल्तीमा पर्स राख्नु स्वास्थ्यका लागि उपयुक्त छैन ?

एकदमै ठीक छैन । पर्स मात्र होइन यहाँ बाक्लो रुमाल वा कागजात आदि राख्ने बानी पनि राम्रो होइन । यो नराम्रो बानी हो । यसले स्वास्थ्य समस्या निम्ताउने त छँदैछ

पर्सकै कारण ढाडमा समस्या भएका बिरामीहरू कति छन् ?

मुख्यतया युवालाई यो समस्या धेरै देखिएको छ । अन्य उमेर समूहलाई भने त्यति धेरै देखिएको छैन । सयमा एक–दुई होलान् । जो आफ्नो सबै डकुमेन्ट पर्समा राखेर त्यसलाई मोटो बनाएर पाइन्टको पछाडिको खल्तीमा राख्छन्, ती व्यक्तिमा यो समस्या अझै बढी छ । हामीकहाँ टिनएज वर्गका थुप्रै बिरामी मेरुदण्ड बांगिएर आएको पनि मैले देखेको छु ।

यो समस्या कुन उमेर समूहका व्यक्तिहरू बढी हुने गरेको छ ?

१४–२० वर्ष उमेर समूह तथा भर्खरै कलेज जान लागेकालाई यो समस्या छ । त्यसपछि बाइक वा गाडीमा दौडिरहने वर्ग पनि यसबाट पीडित छ, जसमा १८–४० वर्ष उमेर समूहका व्यक्ति पर्छन् । अन्य उमेर समूहलाई यो खासै देखिएको छैन तर पछाडीका पकेटमा (त्यो पनि एक साइडमा बढि) पर्स, बाक्लो रुमाल वा कागजात आदि राख्ने र बस्ने गर्ने जो कसैलाई पनि यो समस्याले समात्न सक्दछ ।

यो समस्याबाट ग्रस्त बिरामीलाई कति समयमा पुरानै अवस्थामा फर्काउन सकिन्छ ?

समस्या कति पुरानो भएको हो त्यसमा डिपेण्ड हुन्छ । एउटै एज गु्रपलाई एउटै समस्या छ भने पनि सन्चो हुन फरक समय लाग्न सक्छ । किनकि बिरामीको जीवनशैलीले पनि उपचार प्रभावित गर्छ । पाइन्टको पछाडिको खल्तीमा पर्स राख्न छाड्यौं भन्दैमा रोग सन्चो हुने होइन ।

मान्छे कुन पोजिसनमा बस्छ, कसरी काम गरिरहेको छ, हामी त्यो सबै कुरा विचार गरेर बिरामीलाई उपयुक्त हुने प्रोटोकल बनाएर उपचार गर्छाैं । हाम्रो सेन्टरमा पनि उपचार गराउँछौं साथै घरमा गरिने उपचार र एक्ससाइज पनि सिकाउँछौं । कारण हेरेर हामी घरेलु उपचार पनि सिकाउँछौं । होमवर्क पनि भयो क्लास वर्क पनि भयो । अनि पेसेन्ट पूर्णरूपमा ठीक हुन्छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.