www.tandavnews.com
Fact ~ In search of truth

रबिन्द्रको सपना पुरा गर्न विद्यालाई हैन खेमराजलाई भोट हाल्नुस : गगन थापा

पोखरा ।
देखि कास्कीको उपनिर्वाचनमा आफ्ना उमेद्वारलाई भोट माग्न आएका कांग्रेसका यूवा नेता गगन थापाले रबिन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा विद्या भट्टराईलाई जिताउन नहुने बताए । पोखरामा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले राजाको छोरा राजा हुने ब्यवस्थाको अन्त्य भरखरै भएकोले त्यस्तै प्रकृतिको प्रथा नेकपाले रबिन्द्र अधिकारीको उत्तराधिकारीका रुपमा उनकी पत्नि बिद्या भट्टराइलाई चुनावमा उठाएर दोहो¥याएको उनको आरोप छ ।

‘गणतन्त्रमा रबिन्द्र अधिकारीको योगदान महत्वपूर्ण छ,’ उनले भने, ‘अहिले त्यै योगदान मिसिएको गणतन्त्रमाथी प्रहार गर्ने खेल कास्की २ को उपनिर्वाचनमा भइरहेको छ । बिद्यालाई चुनावमा उठाउनु र जनताले मतदान गर्नु गणतन्त्र माथीको प्रहार हुनेछ ।’
गगनले रबिन्द्रको स्म्मान गर्न उनको परिवारले जान्नुपर्ने बताए । उनले भने, ‘प्रबिण गुरुङ काण्डमा पारश शाहका बिरुद्ध उत्रीएका रबिन्द्र परिवारतन्त्रका बिरोधी हुन । त्यसलै रबिन्द्रको सम्मान गर्न यो परिपाटिको अन्त्य हुनुपर्छ ।’

उनले गणतन्त्रलाई थप संस्थागत गर्न कांग्रेसका उमेद्वार खेमराज पौडेललाई जिताउनुपर्ने बताए । ‘यो निर्वाचनको नतिजाले नेपाली कांग्रेसलाई सत्तामा पु¥याउने र नेकपाको सत्ता गिर्ने पनि होइन,’ उनले भने, ‘कास्की २ का जनताले सहानुभुतिका आधारमा मतदान गर्नुहुनेछैन । देशको लागि दिएको योगदानको पनि मनन गर्नुहुनेछ ।’ उनले सहानुभुतिले देश र घर दुबै नचल्ने भन्दै रबिन्द्र अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरे । उनले भने , हो हामीलाई रबिन्द्र दाईको निधन प्रति दुख छ तर रबिन्द्र दाईको सपना उनका परिवारले पुरा गर्ने होइन ,कास्कीका जनताले पुरा गर्ने हो । जसका लागी खेमराज पौडेल जस्तो छबि भएका अरु कुनै उमेदवार नै छैनन ।’
गगनले दुई वर्ष अघि केपी ओलीले बोलेका भनाईहरु सुनाउँदै अहिलेसम्म गरेका कामहरु सार्वजनिक गर्न पनि आग्रह गरे । ‘रेल, पानी जहाज लयागत यो सरकाले बाँढेका सपनाहरु जनतामैत्री छैनन,’ उनले भने ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.