www.tandavnews.com
Fact ~ In search of truth

ओलीकै सहमतिमा भारतले नयाँ नक्सा सार्वजनिक गर्यो : देउवा

पोखरा ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मां ओलीकै सहमतिमा नेपालली भूभाग समेटिएको भारतको नक्सा आएको आरोप लगाएका छन् । शनिबार पोखरामा भएको उपनिर्वाचन केन्द्रित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन ।
‘भारतले ओलीसँग कुनै सम्झौता गरेरै नयाँ नक्सा गरेको हुनसक्छ,’ देउवाले भने, ‘नत्र नेपाली भूभाग मिचिएको प्रष्ट हुँदाहुँदै सरकारले किन उच्चस्तरको कुटनीतिक पहल गर्दैन । त्यही भएर केपी ओलीको सहमतिमा भारतले नक्सा जारी गरेको पुष्टि हुन्छ ।’
उनले वर्तमान सरकारले जनताको दुखहरु विर्सेर ढाडसेक्ने गरी कर बढाएको आरोप लगाए । उनले ओली सरकार भ्रष्टचारी भएको पनि आरोप लगाए । ‘जनतालाई ढाड सेक्नेगरी कर थोपर्ने र भ्रष्टचार कसरी गर्ने भन्नेबाहेक अहिलेको सरकारको ध्यान छैन,’ उनले भने ।
सरकारको अनावश्यक रवैया देखाएको भन्दै उपनिर्वाचनमा परास्त पार्न उनले मतदातालाई आग्रह गरे । ‘सरकार दिनदिनै जनविरोधी गतिविधि गर्न लागि परेको छ,’ उनले भने, ‘उपनिर्वाचन कांग्रेसलाई मतदान गर्नुस यो सरकारलाई थप भ्रष्टचारी हुनबाट जोगाउन कांग्रेस लागि परेको छ ।’ उनले उपनिर्वाचनमा कांग्रेसका उमेद्वार खेमराज पौडेललाई जिताए समग्र लोकतन्त्रको जित हुने पनि बताए । ‘वर्षाैँदेखि कास्कीका जनताको सेवा गरेका खेमराजजी अहिले तपाईँहरुको उम्मेदवार बन्नु भएको । मलाई विश्वास छ तपाईँहरुको मत मनबाटै उहाँलाई हुनेछ,’ उनले भने । कास्कीको उपनिर्वाचन केन्द्रित चुनावी सभालाई सम्बोधन गर्न कांग्रेसका केन्द्रिय नेताहरु यतिबेला पोखरामा छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.