www.tandavnews.com
Fact ~ In search of truth

पोखराका कमलले पाए ज्योतिष गोल्डमेडल

पोखरा ।

पोखरामा लामो समयदेखि ज्योतिष कर्म गर्दै आइरहेका नेपाल ज्योतिष परिसद गण्डकी प्रदेशका महासचिव कमल पौडेलले ज्योतिष गोल्डमेडल प्राप्त गरेका छन् ।

बाङलादेशमा यहि नोभेम्बर २१ देखि २३ सम्म सञ्चालन भएको २८ औं एसियाली ज्योतिष सम्मेलनमा पौडेलले गोल्डमेडल पाएका हुन् । ज्योतिषीय क्षेत्रमा र संगठनमा योगदान गरेका पौडेललाई गोल्ड मेडलले सम्मान गरिएको हो । युवा ज्योतिष पौडेलले यस अघि पनि कला भूषण र माता गुहेस्वरी पदक पाइसकेका छन् ।

बंगलादेश एस्ट्रोलोजर सोसाइटी, साउथ कोलकाता एस्ट्रोलोजी एन्ड वास्तु साइन्स एकोडोमि र दक्षिण एसियाली ज्योतिष महासंघ को आयोजनामा सम्पन्न सम्मेलनमा नेपाल, भारत, मलेसिया, श्रीलंका गरी १७ देशका ज्योतिषहरुको उपस्थिति थियो ।

सम्मेलनको अबसरमा बसेको दक्षिण एसियाली ज्योतिष महासंघको अन्तर्राष्ट्रिय समितिको बैठकले नेपालका लक्ष्मण पन्थीलाई दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय तथा अन्तर्राष्ट्रिय समितिको महासचिवमा मनोनीत गरेको छ।

राष्ट्रिय समिति नेपालको सभापति, केन्द्रीय कार्यबाहक महासचिव तथा नेपाल ज्योतिष परिषदको सचिव हुँदै बिभिन्न संघ संस्थाका नेतृत्व तहमा बसी कुशलतापूर्वक नेतृत्व सम्पादन गरिसकेका पन्थी अन्य दर्जनौं देशका अन्तर्राष्ट्रिय सम्मेलनहरुमा नेपालबाट प्रतिनिधित्व तथा आयोजकको रूपमा काम गर्दै आएका छ्न।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.