www.tandavnews.com
Fact ~ In search of truth

पोखरा फुटबल मैदान ग्यालरी सी तर्फको सिट जडान

पोखरा ।

१३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता ( साग) लक्षित निमार्ण गरिएको पोखरा फुटबल मैदानको ग्यालरी सी अन्तर्गतको विशिष्ट श्रेणी सहितको प्यारापिटमा सिट जडान गरिएको छ ।

पोखरा रंगशाला फुटबल मैदानमा महिला फुटबल प्रतियोगिता हुने भए पछि यति बेला फुटबल मैदानको काम धमाधम भइरहेको छ । पोखरामा मुख्य खेलको रुपमा समेत हेरिएको महिला फुटबलको लागि निमार्णाधिन फुटबल मैदानमा प्रतियोगिताको लागि तत्काल पूर्व र पश्चिम भागमा प्यारापिट जडान गरिने छ भने बाकिँ काम भने साग पछि हुने छ ।

मैदानको लागि दुवो भारतको कोलकत्ताबाट ल्याइएको हो भने स्टिल मोडुलर ग्राण्डस्ट्यान्ड ( प्यारपिट ) को सामान भने फ्रान्सबाट ल्याइएको हो । उक्त प्यारापिट जडानको लागि फ्रान्स बाट दुई जना प्राविधिक समेत पोखरा आएका हुन ।

पोखरा रंगशालामा जडित सिट रातो र निलो रंगको रहेको छ । उक्त सिट नेपालको झण्डा संग मिल्ने गरी उक्त रंगको राखिएको हो । महिला फुटबल प्रतियोगिता पोखरा रंगशाला फुटबल मैदानमा हुने छ भने अभ्यास स्थलको लागि दोबिल्लामा रहेको सहारा एकेडेमीको खेलमैदान, हेम्जामा रहेको गौरीशंकर खेलमैदान, प्रहरी गण तालिम केन्द्र र पश्चिम पृतना विजयपुरको खेल मैदान तोकिएको छन ।

महिला फुटबल मंसीर १७ गते देखि २४ गते सम्म हुने छ । प्रतियोगितामा ४ राष्ट्रको सहभागीता रहेको छ । आयोजक नेपाल सहित भारत, माल्दिभस् र श्रीलंकाले खेलमा सहभागीता जनाएका छन भने बंगलादेश, भुटान र पाकिस्तानले भने सहभागीता जनाएको छैन ।

मैदानको काम लगभग अन्तिम अवस्थामा रहेको भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जावलाखेल ललितपुर ( जे.भी ) का प्रोजेक्ट म्यानेजरको रुपमा रहेका दिपक बरालले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.