www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा निर्वाचन र सञ्चार विषयक अन्तरक्रिया सम्पन्न

सुशान्त गाहा मगर,
ताण्डव न्यूज/पोखरा ।

कास्की क्षेत्र नं २ मा रिक्त रहेको पदपूर्तीका लागि आगामी (मंसिर) १४ गते हुने उपनिवार्चन लक्षित पोखरामा निर्वाचन र सञ्चार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पोखरामा हिजो (शनिबार) नेपाल आदिवासी जनजाति पत्रकार महासघँ (फोनिज) गण्डकी प्रदेशको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा पोखरामा क्रियाशिल ३० बढि पत्रकारहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा निर्वाचनको सवाल र आचार–संहिताको बारेमा कास्की जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले कार्यपत्र प्रस्तुत गरेका थिए भने निर्वाचन सम्बन्धि रिपोर्टिङ र सञ्चार अचार–संहिताको विषयमा अग्रज पत्रकार भरत कोईरालाले प्रस्तुती राखेका थिए । प्रस्तुतीको क्रममा कोईरालाले निर्वाचनको रिपोर्टिङ गर्दा पत्रकारले पालना गुर्नपर्ने आचारसंहिता र जिम्मेवारीको बारेमा प्रस्तुती राखेका थिए ।

त्यस्तै कास्की जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले कास्कीमा हुने प्रतिनिधि सभाको उपचुनावको बारेमा प्रस्तुती राख्दै उपनिर्वानको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनको कार्यपत्रमा राजनैतिक दल तथा उम्मेद्वार, नागरिक समाज, मिडियाकर्मी लगायतको कर्तव्य र जिम्मेवारीका सवाल समेत समावेश गरिएको थियो । अधिकृतले प्रस्तुत गरेको तथ्याङ्क अनुसार कास्की क्षेत्र नं २ मा ८२ मतदान केन्द्र रहेको छ भने कुल ७१ हजार ८ सय ७१ मतदाता रहेका छन् ।

यसअघि कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले पत्रकारिता संवेदनशिल पेशा रहेको उल्लेख गर्दै तथ्य सहित समाचार सम्प्रेषण गर्नुपर्ने धारणा राखे । उनले निर्वाचनको समाचार संकलन गर्दा आचारसंहिताको मर्यादामा रहेर पत्रकारीताबाट सहयोेग गर्न समेत आग्रह गरेका थिए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासघँ (फोनिज) गण्डकीका अध्यक्ष एमबी आस्था मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान बहादुर कार्कीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन संगठन सचिव खीमा गुरुङले गरेकी थिईन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.